सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन मन्त्री गुरुङको आह्वान « Khabarhub

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन मन्त्री गुरुङको आह्वान


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दृढतापूर्वक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन् ।

बाह्रखरी मिडिया प्रालिले काठमाडौँको गोकर्ण रिसोर्टमा आज आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फको आठौँ संस्करण’ उद्घाटन गर्दै उनले निरंकुशताको विपक्षमा उभिन सबैलाई आग्रह गरे । उनले खेलकुदलगायतका गतिविधि लोकतन्त्रमा मात्रै सम्भव भएको धारणा राखे ।

गल्फ प्रतियोगितामा आज ९६ कर्पोरेट खेलाडीहरूले प्रतिस्पर्धी सहभागी थिए । प्रतियोगिता उपाधि दोर्जे होजाङस्टाङले जितेका छन् । कर्पोरेट गल्फको पहिलो संस्करणमा क्याप्टेन नोर्बु शेर्पा विजेता भएका छन् । त्यसैगरी महिलातर्फ रेखा घिमिरे विजेता बनेकी छिन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ५ : ४४ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको