लखनउविरुद्ध पञ्जाबको सानदार जित : ब्याटिङ र बलिङमा सिंहद्वयको सनसनी « Khabarhub

लखनउविरुद्ध पञ्जाबको सानदार जित : ब्याटिङ र बलिङमा सिंहद्वयको सनसनी


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पञ्जाब किंग्सले सानदार जित निकालेको छ। लखनउ सुपर जायन्ट्सविरुद्ध ब्याटिङमा प्रभसिमरन सिंह र बलिङमा आर्शदीप सिंह चम्किँदा ३७ रनको जित निकालेको हो। यो जितसँगै पञ्जाब १५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

प्रभसिमरन सिंहले ४८ बलमा ९१ रन जोड्दा पञ्जाबले पाँच विकेटको क्षतिका २३६ रन बनाएको थियो। जवाफमा लखनउ सात विकेटको क्षतिमा १९९ रनमा सीमित भयो। लखनउलाई सस्तैमा समेट्न आर्शदीप सिंहले चार ओभर बलिङ गर्दा मात्र १६ रन दिएर महत्त्वपूर्ण तीन विकेट हात पारे।

जवाफी ब्याटिङकाक्रममा २७ रनमा नै तीन विकेट गुमाएको लखनउका लागि आयुस बडानीले सर्वाधिक ७४ रन जोडे। ४० बलको सामना गरेका उनले समान पाँचपाँच चौका र छक्का प्रहार गरे। अब्दुल समादले २४ बलमा ४५ रन जोडे।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका लागि कप्तान श्रेयास ऐयारले २५ बलमा ४५ तथा शशांक सिंहले अविजित रहँदै १५ बलमा ३३ रन जोडे। पन्जाब १५ अंकसहित दोस्रो स्थानमा छ। लखनउ भने १० अंकसहित सातौं स्थानमा छ।

आइतबार नै भएको पहिलो खेलमा भने कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई एक रनले पराजित गरेको थियो। कोलकाताले दिएको २०७ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १०५ रन बनाएको हो।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ५ : ५९ बजे

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित