कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि « Khabarhub

कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुनसरी– अर्ना र चराका लागि प्रसिद्ध  कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

विगतका तुलनामा चालु आर्थिक वर्षमा आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या वृद्धि भएको हो ।

गत साउनदेखि चैत मसान्तसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क मुलुक र अन्य विदेशी नागरिक २१० पर्यटकले आरक्षको भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत भुपेन्द्रसाद यादवले जानकारी दिए ।

यादवका अनुसार पर्यटकको सङ्ख्याबाट आरक्षमा २५ लाख १९ हजार १६६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । हिउँदको सुरुवातदेखि पर्यटकको सङ्ख्या वृद्धि भएको आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले बताए ।

आरक्षमा नेपालमा मात्र पाइने दुर्लभ अर्ना, भर्खरै हुर्किँदै गरेका गैँडा, र साइबेरियालगायतका देशबाट आउने पाहुना चरा हेर्न तथा अवलोकन गर्न पर्यटक आउने गरेको आरक्ष प्रशासनले जनाएको छ । आरक्षमा ५२० प्रजातिका चराको वासस्थान छ ।

पछिल्लो समय कोशी प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट पर्यटक भित्र्याउन विभिन्न अभियान सुरुवात गरको छ ।

केही दिन अघि मात्र प्रदेश सरकारले नेपाल–भारतको सीमा क्षेत्र कोसी गाउँपालिका–८ भण्टाबारी नजिक पर्यटक भित्र्याउन भारतीय सवारी तथा पर्यटकलाई प्रदेशभित्र कुनै किसिमको असुविधा नहोस् भनी स्टिकर अभियान सुरुवात गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ८ : १७ बजे

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल