स्रोत नखुलेको रकमसहित चारजना पक्राउ « Khabarhub

स्रोत नखुलेको रकमसहित चारजना पक्राउ


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सय रुपैयाँसहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका– ३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका– १ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोर्दी गाउँपालिका– ३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, ‘काठमाडौं महानगरपालिका– ९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा आइतबार दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार उनीहरूको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।’

स्रोत खुल्न नसकेको उक्त रकमसहित पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १० : १४ बजे

काठमाडौंबाट अबु धाबी पुगेको एअर अरेबियाको विमान ओमन फर्कियो

काठमाडौं- काठमाडौंबाट यूएईको राजधानी अबु धाबी उडेको विमान यूएईको आकाशमाथि

मुस्ताङका थकालीले आचारसंहिता पालना गर्दै तोरन्ल पर्व मनाउने

मुस्ताङ– आइतबारदेखि मुस्ताङमा सुरु हुने थकालीहरूको सांस्कृतिक तोरन्ल पर्व निर्वाचन

बहराइन, कतार, कुवेत र यूएईमा पनि हमला

काठमाडौं– इरानले बहराइन, कुवेत, यूएई र कतारमा मिसाइल प्रहार गरेको

जेन-जी आन्दोलनमा जलेको रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा पुनर्निर्माण (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त बनेको रातो मछिन्द्रनाथको रथ

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक