तराई-मधेशका नेतामाथि राज्यले अन्याय गर्‍यो : महन्थ ठाकुर « Khabarhub

तराई-मधेशका नेतामाथि राज्यले अन्याय गर्‍यो : महन्थ ठाकुर


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई-मधेशका नेताहरूमाथि राज्यले अन्याय गरेको भन्दै आपत्ति जनाएका छन् । 

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ठाकुरले थारु–मधेशी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको भन्दै आपत्ति जनाए । उनले आफूहरूमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले त्यसलाई नसुनेको भन्दै अव सुनाउने ठाउँ नरहेको बताए ।

ठाकुरले आफुहरुमाथि सार्वजनिक रूपमा भएको दुर्व्यवहारका घटना अव सांसदमार्फत नागरिकलाई सुनाउने जिकिर गरे । 

उनले रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विनाकारण पक्राउ गरी ५ घण्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको धारणा राखे ।  

ठाकुरले राज्यले विजेताको रूपमा आफूलाई प्रस्तुत गरेको र विजेता नै न्यायको कुर्सीमा बसेका कारण आफूहरूले न्याय पाउन नसकेको गुनासो गरे । 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : १५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल