एकसाथ कांग्रेस र माओवादीमाथि खनिए एमाले सांसद थापा « Khabarhub

एकसाथ कांग्रेस र माओवादीमाथि खनिए एमाले सांसद थापा


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले सहमतिमा काम गरिरहेको दाबी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रम ल्याइसकेकाले अब बजेटको तयारीमा लागेको बताए । थापाले दिनहुँ सरकारविरुद्ध चलखेल भइरहेको पनि उल्लेख गरे ।

‘आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकेँ, अब रहँदैनजस्ता वक्तव्यबाजीले हरेक दिन मिडिया रंगिने र समाजमा ध्वनि प्रदुषण हुने क्रम जारी छ । तर, सरकार अघि बढिरहेको छ’, उनले भने, ‘त्यस्ता वक्तव्य र बकवास निरर्थक सावित भएका छन् ।’

उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी संसद्मा यस्तो टिप्पणी गरेका हुन् ।

‘पछिल्लो २० महिनाको शासन हामीले देखेकै हौँ । पाकिस्तानी मोडेलको अभ्यास त्यतिखेर नथालिएको होइन र ?, कति फाइल खोल्ने हुँकार गरिएको थियो, तिनको हविगत के भएको छ ? त्यो नदेखेको होइन’, उनले भने, ‘त्यसको भोगाई अहिले भद्रबन्दी गृहमा टोपबहादुर रायमाझीले भोग्नुभएको छ । कु-शासनको रुप त्यसरी प्रकट भएको थियो । सुन तस्करीले सिंगै देश पहेँलपुर भएकै थियो । अनि त्यसो गर्ने सबै मुहान बन्द छन् ।’

सांसद थापाले संसद्मा बोल्ने क्रममा कांग्रेसका केही नेतामाथि रोष प्रकट गरे । उनले कांग्रेसतिर लक्षित गर्दै सत्ता साझेदार दलहरूका नेतामा लोकप्रियतावादको दुष्प्रभाव रहेको बताए ।

‘ऊर्जामन्त्रीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्नु भयो, पटक पटक स्पष्टीकरण सोध्नु भएको थियो’, उनले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेर हटेपछि ऊर्जामन्त्रीले हटाएको निर्णय सदर गर्‍यो । तर ऊर्जामन्त्रीले नेपाली कांग्रेसको प्रतिनिधित्व गर्छन् कि गर्दैनन् ? ऊर्जामन्त्रीको प्रस्तावमा हटाउने अनि गाली प्रधानमन्त्रीलाई दिने ? यो प्रधानमन्त्रीमाथि दोष थोपरेर उम्किने विषय होइन ।’

थापाले सरकारबारे सभापति शेरबहादुर देउवालाई सोध्न पनि कांग्रेस नेताहरूलाई भने । ‘पार्टी सभापतिले के भन्नु हुन्छ भनेर मित्रहरूले बुझ्नुपर्ने होइन र ?

सरकार सात बुँदे सहमतिको जगमा बनेको हो । सरकारमा एमालेकरण भयो भनिएको छ, तर कसरी भयो त त्यो देखाउनु पर्दैन ?’, उनले भने, ‘सत्ता साझेदार दलबीच संयन्त्रको अभ्यासमा समस्या भयो भन्ने भने त्यसलाई खारेज गरे हुन्छ । अस्थिरतालाई मलजल गर्ने काम सत्ता साझेदारहरूले नगरे हुन्छ ।’

उनले कांग्रेस-एमाले गठबन्धन बनेयता सरकारविरुद्धका चलखेल जारी रहेका बताए । थापाले निराशाको रोटी सेक्ने काममा नलाग्न पनि कांग्रेसका केही नेता र माओवादीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : ५० बजे

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला

स्ट्रेट अफ हर्मुजमा जहाजहरू प्रवेश निषेध गरिएको आईआरजीसीको उर्दी

काठमाडौं – इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड्स कोर