मनाङका सुरक्षा निकायलाई उद्धार सामग्री हस्तान्तरण « Khabarhub

मनाङका सुरक्षा निकायलाई उद्धार सामग्री हस्तान्तरण


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले मनाङका सुरक्षा निकायलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिल्ला प्रशासन कार्यालयमा आयोजित सुरक्षा समितिको बैठकपछि उद्धार सामग्री हस्तान्तरण गरेका हुन् ।

उद्दार सामग्रीमा डोरी, ज्याकेट, जुत्ता, पञ्जा, हेलमेट, हार्नेसलगायत १६ प्रकारका सामान रहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई उद्धार तथा सुरक्षाका सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री पाण्डेले बर्खा लागेसँगै दैवीप्रकोपका घटना बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे ।

हिमाली क्षेत्रमा घट्ने घटनामा सुरक्षा निकायलाई सबल बनाउन आफूहरू लागि पर्ने उनले बताए । 

‘जलवायु परिवर्तनका कारण मनाङजस्ता हिमाली जिल्लामा पछिल्लो समय बाढीपहिरोका घटना बढेका छन् । धेरै ठूला लेक तथा पहाड भएका स्थानमा घटना हुँदा हाम्रो क्षमता र दक्षताको परीक्षण हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सरकारका तर्फबाट उद्धारलाई चुस्त बनाउन प्रदेश सरकार लागि पर्ने छ । त्यसै क्रममा सङ्घीय गृहमन्त्री र सरकारसँग पनि छलफल गरिरहेको छु ।’

मुख्यमन्त्री पाण्डेले मनाङको शान्ति, सुरक्षा र वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए । यहाँका जनप्रतिनिधि तथा स्थानीयसँग भेटघाटपछि आयोजित जिल्ला सुरक्षा समितिको बैठकमा उनले नागरिकप्रति जिम्मेवार भएर सेवा प्रवाह गर्न, साथै विपद्, राहत र उद्दारप्रति संवेदनशील हुन निर्देशन दिएका थिए ।

मुख्यमन्त्रीको उपस्थितिमा बसेको सुरक्षा समितिको बैठकले उद्धारमा चनाखो रहने, आवश्यक सामग्री र जनशक्तिको व्यवस्था गर्ने, समयमै उद्धार तथा समस्या समाधानमा लाग्ने निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : ०२ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन