नेपालमा १२४ वटा मातृ भाषा बोलिन्छ, धेरै बोलिने दोस्रोमा नेपाली « Khabarhub

नेपालमा १२४ वटा मातृ भाषा बोलिन्छ, धेरै बोलिने दोस्रोमा नेपाली


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा १२४ वटा मातृभाषा बोलिने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा १२४ वटा मातृभाषा, ११७ वटा दोस्रो भाषा र १२४ वटा पुर्खाको भाषा नेपालमा पाइएको हो ।

२०७८ सालको जनगणनाको तथ्यांक विश्लेषण गर्दै कार्यालयले प्रकाशन गरेको तथ्यांकले मुख्य गरेर सिनो–तिब्बती र इन्डो–युरोपेली भाषा परिवार बोलिने जसले कुल जनसङ्ख्याको ९९.७ प्रतिशत ओगटेको देखाएको छ । मातृभाषाका रूपमा सबैभन्दा धेरै बोलिने भाषा भने नेपाली ४४.९ प्रतिशत नेपालीले बोल्ने गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै कम्तीमा एक लाख भन्दा धेरै बोल्ने मान्छे भएका भाषा नेपालमा २१ वटा छन् । नेपालमा सबैभन्दा धेरै नेपाली भाषा बोल्ने विशेष घनत्व गण्डकी प्रदेशको पश्चिम भागदेखि कर्णाली पदेशमा रहेको तथ्यांकले देखाएको छ ।

मधेश प्रदेशका सबै जिल्लाहरूमा दुईवटा भाषा बोल्ने मानिसको संख्या उच्च रहेको छ । २०६८ सालको जनगणनाको तुलनामा २०७८ सालको जनगणनासम्म आइपुग्दा दोस्रो भाषाको रूपमा नेपाली भाषा बोल्नेको संख्यामा वृद्धि हुँदै गएको अध्ययनले देखाएको छ ।

२०६८ सालको जनगणनाअनुसार कुल जनसंख्यामध्ये ७९.५ प्रतिशतले नेपाली भाषालाई दोस्रो भाषाको रूपमा बोल्दथे भने २०७८ सालमा यस्तो जनसंख्या वृद्धि भएर ८९ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : ५९ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा