सरकारको मुख्य उदेश्य नै निर्वाचन गराउनु हो : प्रधानमन्त्री कार्की « Khabarhub

सरकारको मुख्य उदेश्य नै निर्वाचन गराउनु हो : प्रधानमन्त्री कार्की


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दलहरूसँगको संवादमा प्रधानमन्त्री सुशीला कार्कीले सरकारको मुख्य उदेश्य समयमै निर्वाचन गराउनु रहेको बताएकी छन्।

आज भएको १० दलहरूको संवादमा प्रधानमन्त्री कार्कीले यस्तो कुरा राखेको उनका मुख्य सल्लाहकार अजयभद्र खनालले बताए ।

प्रधानमन्त्रीले दलहरूको सहयोग बिना निर्वाचन सम्पन्न गर्न नसकिने भन्दै राजनीतिक संवाद अगाडि बढाएर जाने समेत बताएकी थिइन्।

‘सबैले आ–आफ्नो तर्फबाट खुलेर कुरा राख्नुभएको छ। चासोहरू व्यक्त भएका छन्। मुख्यतः सुरक्षा चासोमा घनीभूत छलफल भएको छ’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ,‘प्रधानमन्त्रीज्यूले सरकारको मुख्य ध्येय निर्वाचन रहेको र दलहरूको सहयोगबिना त्यो सम्भव हुँदैन भन्नुभएको छ।’

नेताहरूका अनुसार निर्वाचन समयमा गराउनका लागि आफू तयार रहेको जानकारी प्रधानमन्त्रीले दलहरूसँग गरेकी थिइन्। तर दलहरूले शान्ति सुरक्षा कायम गरेर मात्रै निर्वाचनको वातावरण बन्ने बताएका थिए।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ९ : १५ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी