जुम्ली किसानलाई मार्सीधान काट्न चटारो « Khabarhub

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाका किसानलाई यो याममा मार्सीधान काट्न चटारो परेको छ । एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान काटेर घर भित्र्ययाउन कार्यमा व्यस्त हुनेगरेको चन्दननाथ नगरपालिका–२ का स्थानीय लक्ष्मी कुमाइले बताए ।

यहाँका अधिकांश किसानले खेतमा पाकेको धान काटेर घरमा भित्र्याउन चटारो परेको छ । दसैँ सकिएसँगै जुम्ली किसान धान भित्र्याउन कार्यमा जुटेका हुन् । जिल्लाका किसान धान भित्र्याउन लागिपरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।

हाल यहाँको मौसम सफा छ । त्यसैले यहाँका किसानलाई बर्खेबाली धानलगायत कोदो, सिमी र फापरलगायत बाली घरमा भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लाका सबैजसो मार्सीधानका फाँटहरूमा किसान व्यस्त हुने गरेका छन् । यो धान चैतमा बीउ राख्ने, जेठदेखि असारमा रोपाइँ गर्ने, साउन भदौमा गोड्ने र असोज–कात्तिकभित्र धान काटेर घरमा भित्र्याउने गरेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

कार्यालयका अनुसार आव २०८०–८१ मा जुम्ली मार्सीधानको तीन हजार मेट्रिक टन उत्पादन भएको थियो । जसमध्ये दुई सय मेट्रिक टन जिल्ला बाहिर निर्यात भएको थियो । जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । मार्सीधानको क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ । गतवर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष एक हजार दुई सय हेक्टरमा झरेर खेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

अहिले किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ १ र चन्दननाथ ३ का साथै लेकाली १ र लेकाली तीन जातको धानसमेत यहाँका किसानले रोप्ने गरेका छन् । जुम्ली मार्सीधान पहिचानसँग जोडिएको छ ।

अहिले मार्सीचामल सदरमुकाम खलङ्गामा प्रतिकेजी १८० रूपैयाँमा किनबेच भइरहेको छ । विशेषगरी जुम्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले मार्सीचामल लिन गरेको रारालिही अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : २८ बजे

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी