नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ : देउवा « Khabarhub

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ : देउवा


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको खिलाफमा नेपालको भूमि प्रयोग नदिइने स्पष्ट पारेका छन् । 

जीपी कोइराला फाउन्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल–चीन सम्बन्ध दर्साउने फोटो प्रदर्शनीमा देउवाले एक चीन नीति नेपालले लिएको भन्दै चीनको खिलाफमा नेपालको भूमि प्रयोग नदिइने स्पष्ट पारे । 

उनले दुई मुलुकबीचको सांस्कृतिक आर्थिक, सामाजिक साझेदारी सदैव मजबुत रहेको धारणा राखे । पारस्पारिक सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि नेपाल र चीन सहकार्य गर्दै आएको उनले बताए । 

उनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा चीनले सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे । 

उनले नेपाल–चीन सम्बन्ध दर्साउने फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै दुई देशको सम्बन्धलाई थप उचाइमा पुराउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : ०२ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन