भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा इरानी विदेशमन्त्री इस्लामावादमा « Khabarhub

भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा इरानी विदेशमन्त्री इस्लामावादमा


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा इरानका विदेशमन्त्री इस्लामावाद पुगेका छन् । भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपाली सुदिप न्यौपानेसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध हुने त्रासका बीच इरानी विदेशमन्त्री इस्लामावाद पुगेका हुन् ।

विदेशमन्त्री अब्बास अराघची एक दिन पाकिस्तान भ्रमणका क्रममा सोमबार इस्लामावाद पुगेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानको विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीले भ्रमणका क्रममा भारत पाकिस्तान तनावका विषयमा छलफल गर्नेबारे केही उल्लेख गरेको छैन ।

यद्यपि पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मोघदामले भने भारत र पाकिस्तानबीच जारी तनावबारे पनि छलफल हुने जनाएका छन् ।

इस्लामावादपछि इरानी विदेशमन्त्री यसै साता भारतको भ्रमणमा पनि जाने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै