तीन सय दिनमा तयार भएन कीर्तिपुर रंगशाला, प्रधानमन्त्रीले भने- अब सहन सकिँदैन | Khabarhub Khabarhub

तीन सय दिनमा तयार भएन कीर्तिपुर रंगशाला, प्रधानमन्त्रीले भने- अब सहन सकिँदैन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई ३०० दिनभित्र अन्तर्राष्ट्रियस्तरको फ्लडलाइटसहितको रंगशालामा रूपान्तरण गर्ने सरकारको निर्णयअनुसार काम हुन सकेन ।

तोकिएको समयावधि सकिन दुई दिन बाँकी रहँदा काम अझै अपूर्ण रहेको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पक्षलाई झिकाएर सोधीखोजी गरेका छन् ।

उनले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिहरूसँग सोमबार स्पष्टीकरण मागेका हुन् ।

सरकारी अधिकारीहरूका अनुसार त्रिभुवन विश्वविद्यालयको जग्गा प्राप्तिमा भएको ढिलाइ, रुख हटाउने प्रक्रियाको कानुनी समयावधि र निर्माण सुरू भएपछि परेको पानीले कालो माटो हटाउनुपर्ने जस्ता कारणले तीन सिफ्टमा काम गरे पनि समयमै सम्पन्न हुन नसकेको जवाफ सम्बन्धित पक्षले दिएका छन् ।

निर्माणमा संलग्न प्रतिनिधिहरूले आगामी दुई महिनाभित्र प्यारापिट निर्माण र फ्लडलाइट जडान पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। यता सरकारले आफूले थालेका काम तोकिएको समयमै सक्ने नीति अनुसार गर्नु जानकारी गराएको छ।

प्रधानमन्त्री ओलीले चेतावनी दिँदै तोकिएको नयाँ समयसीमा भित्र पनि काम पूरा नभए सहन नसकिने बताएको जानकारी दिएका छन् । उनले असारको अन्तिम सातासम्म कीर्तिपुर रंगशाला तयार हुने अपेक्षा गरिएको पनि बताएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : ३५ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’