तीन सय दिनमा तयार भएन कीर्तिपुर रंगशाला, प्रधानमन्त्रीले भने- अब सहन सकिँदैन « Khabarhub

तीन सय दिनमा तयार भएन कीर्तिपुर रंगशाला, प्रधानमन्त्रीले भने- अब सहन सकिँदैन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई ३०० दिनभित्र अन्तर्राष्ट्रियस्तरको फ्लडलाइटसहितको रंगशालामा रूपान्तरण गर्ने सरकारको निर्णयअनुसार काम हुन सकेन ।

तोकिएको समयावधि सकिन दुई दिन बाँकी रहँदा काम अझै अपूर्ण रहेको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पक्षलाई झिकाएर सोधीखोजी गरेका छन् ।

उनले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिहरूसँग सोमबार स्पष्टीकरण मागेका हुन् ।

सरकारी अधिकारीहरूका अनुसार त्रिभुवन विश्वविद्यालयको जग्गा प्राप्तिमा भएको ढिलाइ, रुख हटाउने प्रक्रियाको कानुनी समयावधि र निर्माण सुरू भएपछि परेको पानीले कालो माटो हटाउनुपर्ने जस्ता कारणले तीन सिफ्टमा काम गरे पनि समयमै सम्पन्न हुन नसकेको जवाफ सम्बन्धित पक्षले दिएका छन् ।

निर्माणमा संलग्न प्रतिनिधिहरूले आगामी दुई महिनाभित्र प्यारापिट निर्माण र फ्लडलाइट जडान पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। यता सरकारले आफूले थालेका काम तोकिएको समयमै सक्ने नीति अनुसार गर्नु जानकारी गराएको छ।

प्रधानमन्त्री ओलीले चेतावनी दिँदै तोकिएको नयाँ समयसीमा भित्र पनि काम पूरा नभए सहन नसकिने बताएको जानकारी दिएका छन् । उनले असारको अन्तिम सातासम्म कीर्तिपुर रंगशाला तयार हुने अपेक्षा गरिएको पनि बताएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : ३५ बजे

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी