पुँजी बढाउने समय र सेवा थप माग गर्दै सेबोनको कार्यलयमा ब्रोकर « Khabarhub

पुँजी बढाउने समय र सेवा थप माग गर्दै सेबोनको कार्यलयमा ब्रोकर

समिति बनाउने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टक ब्रोकर एशोसिएसन अफ नेपालको टोलीले नेपाल धितोपत्र बोर्डका पदाधिकारीलाई भेट गरेको छ । एशोसिएनको अध्यक्ष सागर ढकालको सहितको टोलीले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेट गरेका छन् । 

सोमबार बोर्डको कार्यालय ललितपुरमा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्ने सेवालाई थप विस्तारित एवम् प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको थियो । 

ब्रोकरहरूको चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्‍याउन दिएको समय जेठबाट सकिँदै छ । त्यस अगाडि बोर्डका अध्यक्ष श्रेष्ठसँग ब्रोकरहरूले समय थपको माग गर्दै भेट गर्न गएका थिए । 

भेट सकारात्मक रहेको एशोसिएनका अध्यक्ष ढकालले जानकारी दिएका छन् । ब्रोकरको तर्फबाट पुँजी बढाउन समय थप र ब्रोकरलाई अन्य सेवाहरू पनि थप दिनुपर्ने मुख्य माग रहेको ढकालले जानकारी दिए । 

उनका अनुसार अध्यक्ष श्रेष्ठले एउटा कमिटी बनाएर ऐन संशोधनको विषयमा काम गर्ने ब्रोकरलाई प्रतिबद्धता गरेको बताए । ‘अध्यक्ष ज्यूले एउटा कमिटी बनाएर जाने भन्नुभएको छ’, ढकालले भने, ‘हाम्रो माग सम्बोधन हुन्छ ।’

ब्रोकरहरूले पुँजी व्यक्तिको समय थप हुनुपर्ने माग गर्दै आएका छन् । धितोपत्र बोर्डले मर्जरको उपाय दिए पनि अहिलेसम्म कुनैपनि ब्रोकरहरू मर्जरमा जाने घोषणा भने गरेका छैनन् । 

हेर्नुहोस् यस्तो थियो ब्रोकरको माग

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ७ : २० बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल