बालेनले भने : सबै मिलेर रोजगारीका सम्भावना खोज्नुपर्छ « Khabarhub

बालेनले भने : सबै मिलेर रोजगारीका सम्भावना खोज्नुपर्छ


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाह ‘बालेन’ले निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहेको बताएका छन् ।

आज यहाँ निजी क्षेत्रका प्रतिनिधिसहितको बैठकमा उनले सबैको सहकार्यबाट नै देशभित्र रोजगारीको सम्भावना खोज्न सकिने र त्यसका लागि महानगर मिलेर अगाडि बढ्न तयार रहेको बताएका हुन् । उनले , “सहकार्यमा एकता हुन्छ, यसैबाट निराश भएका युवामा आशा जगाउन सकिन्छ । यो रोजगार र स्वरोजगार क्षेत्रका लागि प्रभावकारी परामर्श हुनेछ ।”

महानगर प्रमुख शाहले यस वर्ष पनि आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा सीप मेला सञ्चालन गर्ने तयारी रहेको र महानगरले वर्षभरि नै सीपमूलक तालिम सञ्चालन गरिरहेको बताए । यस्ता तालिमबाट मानव पुँजीका रूपमा उत्पादन भएका जनशक्तिलाई रोजगारमा आबद्ध गराउन निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य अगाडि बढाइएका उनले बताए ।

निजी क्षेत्रका प्रतिनिधिहरूले महानगरले गत वर्ष सञ्चालन गरेको ‘सीप मेला २०८१’ ले सीपयुक्त जनशक्ति र रोजगारदाता दुवै पक्षलाई पुलको काम गरेको धारणा राखे । उनीहरूले उद्योग क्षेत्रले भोगिरहेको जनशक्ति समस्या कम गराउन मेला उपयोगी भएको बताए ।

“नेपालमा डकर्मी, सिकर्मी, कपाल काट्ने, प्लम्बिङलगायत कामका लागि युवाहरूमा तत्परता देखिँदैन । यही काम विदेशमा गएर सजिलै गर्छन् । यसकारण यी पेसाहरूमा आकर्षण बढाउनुपर्छ । यी तुरुन्तै रोजगारी दिन सकिने ठाउँ हुन्”, निजी क्षेत्रका प्रतिनिधिहरूले भने ।

बैठकमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि केसीलगागतले आफ्नो धारणा राखेका थिए ।

कामपा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले गत वर्ष सम्पन्न गरिएको मेलाका बारेमा जानकारी दिँदै त्यसबेला दुई हजार ८१ लाई तालिम दिने लक्ष्य राखिएकामा दुई हजार ७२५ जनालाई तालिम प्रदान गरिएको बताए ।

मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो । त्यसबेला ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ९ : ४३ बजे

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा