रेडक्रस प्रमुख भन्छिन् – गाजाको अवस्था नरक भन्दा खराब रहेछ « Khabarhub

रेडक्रस प्रमुख भन्छिन् – गाजाको अवस्था नरक भन्दा खराब रहेछ


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

गाजा – रेडक्रसकी प्रमुख मिरजाना स्पोजारीले अहिलेको गाजाको अवस्था पृथ्वीको नरक भन्दा पनि खराब रहेको प्रतिक्रिया दिएकी छिन्।

बिबिसीसँगको अन्तरवार्तामा उनले गाजाको अवस्था कसैले पनि हेरि रहन पनि नसक्ने बताएकी छिन्।

अप्रिल महिनामा नै गाजाको अवस्था नरक बराबर भएको प्रतिक्रिया दिएकी थिइन्। अहिले उनले त्यस भन्दा खराब अवस्था रहेको बताइन्। उनले त्यस अवस्थालाई हेरेर कोही पनि मानिस चुप लागेर बस्न नसक्ने बताएकी छिन्।

उनले गाजामा इजरायली आक्रमण गर्न बन्दी बनाइएका छाड्नका लागि कुनै विकल्प नै नभएको बताएकी छिन्। मानवीय सहयोगमा डेढ शताब्दी भन्दा समय व्यतीत गरेको संस्थाकी प्रमुखले उठाएको विषयलाई अहिले गम्भीरतापूर्वक लिइएको छ।

उनले लगातार भएको हत्याको बारे जेनेभा सन्धिमा उल्लेख भएको विषय बारम्बार उल्लङ्घन हुनुलाई आश्चर्यको रूपमा लिइएको बताएका छन्। उनले हरेक देशको आफ्नो स्वतन्त्रताको रक्षा गर्ने अधिकार समेत रहेको बताइन्। उनलाई हरेक आमाको पनि बच्चा फिर्ता भएको हेर्ने अधिकार रहेको बताइन्। ‘बालबालिकालाई समेत खाना, स्वास्थ्य र सुरक्षाबाट वञ्चित गर्ने अधिकार कसैको छैन, उनले भनिन्।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ६ : १० बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले