नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीको बधाई « Khabarhub

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीको बधाई


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्। आइसिसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन्। बुधबार राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘फेरि जित, फेरि बधाई। आईसीसी सिडब्लुसी लिग–२ अन्तर्गतको नेपाल र नेदरल्याण्ड बीचको खेलमा नेपालले ५ विकेटले शानदार जित हासिल गरेको छ। हार्दिक बधाई।’ यसअघि नेपालले रोमाञ्जक खेलमा स्कटल्यान्डविरुद्ध एक विकेटको जित निकालेको थियो।

बुधबारको खेलमा नेदरल्याण्डले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। नेपालको जितमा आरिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरे। ९९ बलको सामना गरेका उनले ७ चौका र २ छक्का सहित ७८ रन बनाए।

यो पनि पढ्नुहोस्आरिफको उत्कृष्ट अर्धशतकमा नेदरल्याण्डविरुद्ध नेपालको शानदार जित

यस्तै दीपेन्द्र सिंह ऐरीले नटआउट ३८ रन बनाउँदा कप्तान रोहित पौडेल २३ रनमा रनआउट भए। ओपनर कुशल भुर्तेलले २५ रन बनाउँदा अर्का ओपनर आसिफ शेख १९ रनमा समेटिए।

बलिङतर्फ सोमपाल कामीले तीन विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशीले समान दुईदुई विकेट हात पारे।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ६ : ३५ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटलमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको