युरोपेली नेसन्स लिग – रोनाल्डोको गोलमा जर्मनीलाई हराउँदै पोर्चुगल फाइनलमा « Khabarhub

युरोपेली नेसन्स लिग – रोनाल्डोको गोलमा जर्मनीलाई हराउँदै पोर्चुगल फाइनलमा


२२ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोर्चुगल युरोपेली नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। एक गोलले पछि परेको पोर्चुगलको कम ब्याक जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको १३७ औँ अन्तर्राष्ट्रिय गोल समावेश थियो। रोनाल्डोको निर्णायक गोलसँगै जर्मनीलाई २-१ ले हराउँदै पोर्चुगल फाइनल पुगेको हो।

खेलको ६८ औँ मिनेटमा नु्नो मेन्डेसको बलललाई नियन्त्रणमा लिँदै रोनाल्डोले विजयी गोल गरे। सोही गोलसँग पोर्चुगलले फ्रान्स र स्पेनबिचको विजेतासँग उपाधि भिडन्त पक्का गरेको हो।

इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलमा आबद्धता पक्का भइसकेका वायर लिभरकुसेनका फरवार्ड फ्लोरिज मर्जको गोलमा ४८ औँ मिनेटमा जर्मनीले अग्रता लिएको थियो।

रुबेन डियाजले ६३ औँ मिनेटमा गरेको गोलमा पोर्चुगल खेलमा फर्किएको थियो।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ६ : ४९ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का