वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकता : उपराष्ट्रपति यादव « Khabarhub

वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकता : उपराष्ट्रपति यादव


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले हिउँको मात्रा घट्दै गएको र वनक्षेत्रको विनाशले जैविक विविधतामा खतरा निम्त्याएको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘नदी तथा जलस्रोतको दुषित अवस्थाले सुरक्षित खानेपानीको अभाव सिर्जना भएको छ । अतिवृष्टि, अनावृष्‍टि, खडेरी, सुक्खाग्रस्त समस्याको चपेटामा हामी पर्दै गएका छौँ । तराई–मधेस क्षेत्रमा त भूमिगत पानीका स्रोतहरू सुक्दै गएका छन् वा पानीको सतह निक्कै तल गइसकेको अवस्था छ ।’

उपराष्ट्रपति यादवले  नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक भए पनि जलवायु परिवर्तनका विविध असरले निकै समस्या उत्पन्न भइरहेको भन्दै यसविरुद्ध सबैको सहकार्य जरूरी रहेको उल्लेख गरेका छन् ।

पर्यावरण संरक्षण सरकारको मात्र जिम्मेवारी नभएर हामी सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले हरेकले आफ्नो दैनिक जीवनमा साना परिवर्तनहरू गरेर पनि वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउनसक्ने उल्लेख गरेका छन् ।

वातावरण संरक्षणमा सबैको योगदान उत्तिकै महत्वपूर्ण भएपनि युवाहरूको भूमिका झनै बढी भएको उनको भनाइ छ । युवाले पर्यावरण संरक्षणमा नवीनतम समाधानहरू खोज्न, जागरुकता अभियान सञ्चालन गर्न तथा सकारात्मक व्यवहार परिवर्तनको नेतृत्व लिन सक्ने उनको विश्वास छ । 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : १४ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।