माओवादी पदाधिकारी बैठक जारी « Khabarhub

माओवादी पदाधिकारी बैठक जारी


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी छ ।

बैठकमा सर्वोच्च अदालतले पार्टी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा गरेको उत्प्रेषण आदेशका विषयमा छलफल भइरहेको बताइएको छ ।

यस्तै बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताका बारेमा संसदमा खेल्नुपर्ने भूमिका, सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकलगायत विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

माओवादीको द्वन्द्वकालीन समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध अर्जुनकी पत्नी पूर्णिमाया लामाले दायर गरेको रिटमा सर्वोच्चले बुधबार उत्प्रेषण आदेश जारी गर्दै अनुसन्धानको बाटो खुला गरेको छ । 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ९ : १३ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।