कैलाश मानसरोवर दूरदर्शन सुरु « Khabarhub

कैलाश मानसरोवर दूरदर्शन सुरु


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ ।

वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि आन्तरिक पर्यटक कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्ने गरेका नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।

पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बन्नसक्ने सम्भावना भए पनि उचित व्यवस्थापनको अभावमा हाल आन्तरिक पर्यटक मात्रै यहाँ पुग्ने गरेको उनको भनाइ छ ।

कैलाश मानसरोवर दूरदर्शनका लागि जेठदेखि कात्तिकसम्म राम्रो समय मानिन्छ । हिउँदयामको छ महिनासम्म भारी हिमपात हुने हुँदा हिल्सा, न्यालु, यारी नारालगायत क्षेत्रमा जाने बाटोसमेत बन्द हुने गरेको छ ।

हिउँ पन्छाएर बाटो खुलेसँगै लिमी भ्यालीमा विस्तारै चहलपहल बढ्दै गएको वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘लिमीको लोलुङबाट कैलाश मानसरोवर प्रस्ट देख्न सकिन्छ । यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १०५ किलोमिटर दूरीमा पर्छ । सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट हिल्साभन्दा अझ सहज रूपमा आवतजावत गर्न सकिनेछ’, उनले भने ।

हुम्लाको सदरमुकाम सिमकोटबाट गाडीमा एक दिनको यात्रामा लिमी भ्याली पुगिन्छ भने पैदलमार्गबाट भने चार दिन लाग्ने गरेको छ । लिमी उपत्यका जानेले खानेकुरा, टेन्ट, वाटरफ्रुप ज्याकेट, झोला, न्यानो कपडा, ट्रेकिङ सुज, लौरो, औषधि अनिवार्य रूपमा बोक्नुपर्छ ।

नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने ठाउँ भए पनि यसको प्रचारप्रसार नहुँदा पर्यटकको चहलपहल बढ्न सकेको छैन । (रासस)

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ९ : २३ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।