कैलाश मानसरोवर दूरदर्शन सुरु | Khabarhub Khabarhub

कैलाश मानसरोवर दूरदर्शन सुरु


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ ।

वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि आन्तरिक पर्यटक कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्ने गरेका नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।

पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बन्नसक्ने सम्भावना भए पनि उचित व्यवस्थापनको अभावमा हाल आन्तरिक पर्यटक मात्रै यहाँ पुग्ने गरेको उनको भनाइ छ ।

कैलाश मानसरोवर दूरदर्शनका लागि जेठदेखि कात्तिकसम्म राम्रो समय मानिन्छ । हिउँदयामको छ महिनासम्म भारी हिमपात हुने हुँदा हिल्सा, न्यालु, यारी नारालगायत क्षेत्रमा जाने बाटोसमेत बन्द हुने गरेको छ ।

हिउँ पन्छाएर बाटो खुलेसँगै लिमी भ्यालीमा विस्तारै चहलपहल बढ्दै गएको वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘लिमीको लोलुङबाट कैलाश मानसरोवर प्रस्ट देख्न सकिन्छ । यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १०५ किलोमिटर दूरीमा पर्छ । सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट हिल्साभन्दा अझ सहज रूपमा आवतजावत गर्न सकिनेछ’, उनले भने ।

हुम्लाको सदरमुकाम सिमकोटबाट गाडीमा एक दिनको यात्रामा लिमी भ्याली पुगिन्छ भने पैदलमार्गबाट भने चार दिन लाग्ने गरेको छ । लिमी उपत्यका जानेले खानेकुरा, टेन्ट, वाटरफ्रुप ज्याकेट, झोला, न्यानो कपडा, ट्रेकिङ सुज, लौरो, औषधि अनिवार्य रूपमा बोक्नुपर्छ ।

नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने ठाउँ भए पनि यसको प्रचारप्रसार नहुँदा पर्यटकको चहलपहल बढ्न सकेको छैन । (रासस)

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ९ : २३ बजे

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९

युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी– युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा

हुलाक सेवासँगै व्यापार गर्न जरुरी : सञ्चारमन्त्री गुरुङ

मोरङ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक

पतञ्जलि भ्रष्टाचार मुद्दा प्रकरण : माधव नेपालले भने– बदलाको भावनाले केपी ओलीलाई पोल्यो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाग्रह राखेर भ्रष्टाचार मुद्दा लगाउन

बाहुनको हलो ‘विद्रोह’

कृषि युगको एउटा औजार हो– हलो । हलो जोत्ने चलन