कुटपिटबाट घाइते किशोरको मृत्यु | Khabarhub Khabarhub

कुटपिटबाट घाइते किशोरको मृत्यु


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।

नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । निजको टाउकोमा गम्भीर चोट लागेको थियो ।

तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । प्रहरीले वलीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ११ : ०१ बजे

असल आचरण पुस्तान्तरण गर्ने साइत हो दशैँ (भिडियो)

दशैँ सुरु भइसकेको छ । दशैँ मान्ने सबैका आआफ्ना शैली

चीन–उत्तर कोरिया सहकार्य बलियो बनाउँदै

एजेन्सी – चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरियाली समकक्षीलाई भेट्दै

महेश बस्नेत भन्छन्- सरकारले मलाई गिरफ्तार गर्न लागेको भन्दै मिडिया ट्रायल गर्‍यो

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आफूलाई गिरफ्तार गर्न

उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढ्यो, विभिन्न राजमार्गमा सवारी चाप

काठमाडौं – दशैँको फूलपातीका दिन उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढ्दा

मुलुक जोगाउन दलको नेतृत्व युवाहरूलाई दिनुपर्छ : घनश्याम भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका