गृहमन्त्रीबारे लचक बन्दै माओवादी, राजीनामाको अडान छाडेर छानबिनलाई जोड दिने | Khabarhub Khabarhub

गृहमन्त्रीबारे लचक बन्दै माओवादी, राजीनामाको अडान छाडेर छानबिनलाई जोड दिने


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले दुई सातादेखि जारी सदनको गतिरोध अन्त्य गर्न अधिकतम् प्रयास गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणलाई दिएर लामो समयदेखि भइरहेको सदनको गतिरोध अन्त्यका लागि जिम्मेवार प्रतिपक्षीको हैसियतले अधिकतम् पहल गर्ने निर्णय गरेको हो

माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकपछि बोल्दै भिजिट भिसा प्रकरणमा व्यक्ति विषेशमा ध्यान नरहेको बताए । उनले छानबिन भने अपरिहार्य रहेको पार्टीको निष्कर्ष रहेको बताएका छन् ।

यस विषयमा विपक्षी दलका साथै सत्तापक्षी दलहरूसँग छलफल गर्ने उनले जानकारी दिएका छन् । त्यस्तै बैठकले योङ कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व सहमतिमै चयन गर्ने निर्णय गरेको सापकोटाले बताएका छन् ।

सापकोटाले आफूविरूद्धको द्वन्द्वकालीन मुद्दामा पुनःछानबिन गर्न सर्वोच्च अदालतले बुधबार दिएको आदेशको पूर्णपाठ आएपछि धारणा बनाउने उल्लेख गरेका छन् । यस विषयमा बाहिर भइरहेकाका प्रचारमा कुनै सत्यता नरहेको पनि उनले जिकिर गरेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १२ : ०२ बजे

आज २०८२ साल साउन २७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २७ गते मंगलबार। भाद्र

प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय

विपिनलाई खोज्न इजरायल पुगे आमा र बहिनी

काठमाडौं – हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज