गृहमन्त्रीबारे लचक बन्दै माओवादी, राजीनामाको अडान छाडेर छानबिनलाई जोड दिने « Khabarhub

गृहमन्त्रीबारे लचक बन्दै माओवादी, राजीनामाको अडान छाडेर छानबिनलाई जोड दिने


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले दुई सातादेखि जारी सदनको गतिरोध अन्त्य गर्न अधिकतम् प्रयास गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणलाई दिएर लामो समयदेखि भइरहेको सदनको गतिरोध अन्त्यका लागि जिम्मेवार प्रतिपक्षीको हैसियतले अधिकतम् पहल गर्ने निर्णय गरेको हो

माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकपछि बोल्दै भिजिट भिसा प्रकरणमा व्यक्ति विषेशमा ध्यान नरहेको बताए । उनले छानबिन भने अपरिहार्य रहेको पार्टीको निष्कर्ष रहेको बताएका छन् ।

यस विषयमा विपक्षी दलका साथै सत्तापक्षी दलहरूसँग छलफल गर्ने उनले जानकारी दिएका छन् । त्यस्तै बैठकले योङ कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व सहमतिमै चयन गर्ने निर्णय गरेको सापकोटाले बताएका छन् ।

सापकोटाले आफूविरूद्धको द्वन्द्वकालीन मुद्दामा पुनःछानबिन गर्न सर्वोच्च अदालतले बुधबार दिएको आदेशको पूर्णपाठ आएपछि धारणा बनाउने उल्लेख गरेका छन् । यस विषयमा बाहिर भइरहेकाका प्रचारमा कुनै सत्यता नरहेको पनि उनले जिकिर गरेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १२ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र