विपद्मा उद्धारका लागि तयार रहनू : मुख्यमन्त्री लामा « Khabarhub

विपद्मा उद्धारका लागि तयार रहनू : मुख्यमन्त्री लामा


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरक्षा निकाय र सरोकारवालाहरूलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रमको आज समापन गर्दै उनले वर्षात्को समयमा हुन सक्ने विपद्लाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

दुई दिने अभ्यास कार्यक्रमको समापन गर्दै उनले वर्षात्को समयमा बाढी, पहिरोजस्ता जोखिम बढ्ने भन्दै उद्धारका लागि आवश्यक सामाग्रीको तयारी गरेर जुनसुकै समयमा पनि तयारी अवस्थामा रहन आग्रह गरे। 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस लगायतका संस्था तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो । प्रदेशमा उद्धारका लागि आवश्यक सामग्री कम भएको भन्दै सरकारले यस वर्षको बजेटमा उद्धार सामाग्री व्यवस्थापन गर्ने गरी काम गर्ने उनले बताए। यस्ता अभ्यासले उद्धारमा सहयोग पुग्ने उनले बताए।

आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विपद्लाई व्यवस्थापन र क्षति न्यूनिकरण कठिन हुने गरेको बताए। कार्यक्रममा नेपाली सेनाका मध्यपृतनाका प्रमुख हरेन्द्र पाठकले नेपालका हरेक क्षेत्रमा हुने विपद्मा खटिने सुरक्षाकर्मीहरूको मनोबल बढाउन आवश्यक रहेको बताए। विपद्को समयमा खटिने जोसुकैको पनि मनोबल बढाउन सके क्षति कम गर्न सकिने उनको भनाइ थियो ।  

विगत पाँच वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालमा मनसुन तथा बाढीजन्य प्रकोपको घटनामा ९१४ जनाको ज्यान गएको छ । यस्तै १०१ जना बेपत्ता हुनुका साथै ७५० जना घाइते भएको सो अवसरमा जानकारी दिइयो । गत वर्ष डुबान र पहिरोमा परि २२४ जनाको मृत्यु भएको थियो । यस्तै १५८ जना घाइते भएका थिए  भने २८ जना बेपत्ता भएका थिए  । 

गत वर्ष डुबान र पहिरोमा परेका १३ हजार ३०० जनाको उद्धार गरिएको थियो । करिब २५ पुलमा क्षति भएको र ३७ वटा राजमार्गमा क्षति पुगेको तथा ११ जलविद्युत् केन्द्र प्रभावित भएको कार्यक्रममा जानकारी दिइयो ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ अनुसार आगामी मनसुनमा करिब २० लाख मानिस र चार लाख ५० हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ ।
 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १२ : ३२ बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स