आमाको नामबाट नागरिकता प्राप्तिमा सहज बनाउँछाैँ : गृहमन्त्री « Khabarhub

आमाको नामबाट नागरिकता प्राप्तिमा सहज बनाउँछाैँ : गृहमन्त्री


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथिको छलफलका क्रममा मन्त्री लेखकले स्वघोषणा गरेका आधारमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्दै लैजाने बताएका हुन् ।

बुबाको नागरिकता भए तत्काल नागरिकता दिने र आमाको नागरिकतामात्रै भए बाबु खोज्ने परिस्थितिले जटिलता उत्पन्न भएकाले नागरिकता विधेयकको संशोधनले त्यसलाई समाधान गर्ने उनले बताए । गृहमन्त्री लेखकले अङ्गीकृत नागरिकका विषयमा देखिएका जटिलतालाई समेत विधेयकले सम्बोधन गर्ने उल्लेख गरे ।

देशभरका सबै जिल्ला प्रशासन कार्यालयका साथै इलाका कार्यालयबाट व्यवस्थित रुपमा नागरिकता बितरण भइरहेको उल्लेख गर्दै उनले टोकन प्रणालीमार्फत परामर्शसहित सेवा प्रदान भइरहेको जानकारी दिए । नागरिकता सम्बन्धी समस्या समाधानका लागि विधेयक महत्वपूर्ण भएकाले चाँडो भन्दा चाँडो विधेयक अघि बढाउन उनले समिति समक्ष आग्रह गरे ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि ८० भन्दा बढि विषयमा संशोधन प्रस्ताव दर्ता भएको छ । 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १ : २१ बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स