काभ्रे बाढीपहिरो : अस्थायी आवास बनाउन पहिलो किस्ताको अनुदान पठाइयो « Khabarhub

काभ्रे बाढीपहिरो : अस्थायी आवास बनाउन पहिलो किस्ताको अनुदान पठाइयो


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– बाढीपहिरो पीडितलाई आठ महिनापछि अस्थायी आवास निर्माणका लागि यहाँको १२ स्थानीय तहमा अनुदान पठाइएको छ । गत असोज दोस्रोसाताको अविरल वर्षापछिको आएको बाढीपहिरो पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले पहिलो किस्ता बापत रु २५ हजारका दरले राहत रकम उपलब्ध गराएपछि जिल्लाको १२ तहका करिब तीन हजार घरपरिवारका स्थानीय तहमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रभावित स्थानीय तहद्वारा माग भएपछि गत वैशाखमा प्राधिकरणमार्फत राहत रकम निकासा भएको थियो । उल्लेखित प्रभावित परिवारका लागि उपलब्ध गराइने रु ५० हजार राहत रकममध्ये पहिलो किस्तास्वरुप २५ हजार उपलब्ध गराइएको कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरकारबाट कार्यालयमा प्राप्त रु ७ करोड २३ लाख ७५ हजार राहत रकम स्थानीय तह (स्थानीय विपद् व्यवस्थापन समितिको खातामा)लाई परिवारको सङ्ख्याका आधारमा यही जेठ १५ गतेसम्ममा पठाइसकिएको हो । 

एक स्थानीय तहका विपद ब्यवस्थापन समितिले प्रक्रिया पूरा नगर्दा तेमाल गाउँपालिकाले अस्थायी आवासका लागि पहिलो किस्ताबापतको रकम निकासा माग गर्न ढिलाई भएको श्रेष्ठले बताए। घटनाको करिब सात महिनापछि प्राधिकरणमार्फत प्रभावितलाई उपलब्ध गराउन उक्त रकम जिल्लामा आइपुगेको हो । 

प्राधिकरणले निजी आवास पूर्णरुपमा क्षति भएको, आंशिक क्षति भएतापनि बसोबास गर्न योग्य नरहेका घर परिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न विपद्बाट प्रभावित घर परिवारलाई अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउने निर्णय अनुसार चरणबद्ध रुपमा राहत रकम निकासा गरिएको जनाएको छ । 

‘माग भएअनुसार जिल्ला प्रशासन कार्यालयमा आएको उक्त रकम प्रभावित परिवार सङ्ख्याको आधारमा स्थानीय तहलाई पठाइसकेका छौँ, रकम प्राप्त भएका तहले प्रभावित परिवारलाई प्रदान गर्नुहुनेछ’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने। 

प्राधिकरणले दोस्रो किस्ताबापत रु २५ हजार उपलब्ध हुने जनाएको छ । असोजको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाए । छ जना अझै बेपत्तामा सूचीकृत छन् भने एक सयको हाराहारिमा घाइते भएका थिए । 

गत चैत अन्तिमसाता जिल्लामा सबैभन्दा बढी जनधनको क्षति ब्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आँकलन शुरु गरिएको छ । गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका वडा नम्बर–२ नारायणटारबाट यसको सुरुवात गरेका हुन् । 

स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमश अनुदान उपलब्ध गराउन जिल्लामा विस्तृत क्षति आँकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । निजी आवासको विस्तृत क्षति आँकलनको सहजिकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेषरुपमा ध्यानाकर्षण गराइएको छ । 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  २ : ०६ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले