राष्ट्रियसभामा सीमा प्रशासनलाई सुदृढ गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

राष्ट्रियसभामा सीमा प्रशासनलाई सुदृढ गर्न सरकारको ध्यानाकर्षण


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सभाको बैठक आकस्मिक समयमा सांसद नरबहादुर विष्टले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा ‘भिजिट भिसा’का नाममा नागरिकमाथि गरिएको ठगीको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न माग गरे। 

यसैगरी बैठकको शून्य समयमा सांसद मनरुपा शर्माले ‘भिजिट भिसा’ प्रकरणलाई निष्पक्ष छानबिन गर्न गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताइन् । सांसद घनश्याम रिजालले आगामी आवको बजेट वक्तव्यमा उल्लेख गरिएको सुनको गहनामा लाग्ने विलासिता कर फिर्ता लिन सरकारसँग माग गरिन् । 

सांसद रुक्मिणी कोइरालाले झापाका विभिन्न पालिकामा जङ्गली हात्ती आतंक बढेको जनाउँदै हात्ती नियन्त्रणको योजना ल्याउन सरकारको ध्यानाकर्षण गराइन्। सांसद रेणु चन्दले सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनको गन्तव्य घोषणा गर्न माग गरिन्।

सांसद विष्णुकुमारी सापकोटाले प्लाष्टिकको जथाभावी प्रयोगले वातावरण प्रदूषण बढ्दै गएको उल्लेख गर्दै प्लाष्टिक प्रदूषण रोक्नका लागि विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। सांसद विष्णुबहादुर विश्वकर्माले प्रदेश सरकारले निर्माण गरेको ऐन, कानुन कार्यान्वयन नगर्न सङ्घीय सरकारले पत्राचार गर्नुले सङ्घीयतामाथि बेवास्ता गरेको बताए। 
    
 सांसद श्रीकृष्णप्रसाद अधिकारीले बाँकेको जमुनाहा नाकामा रहेको ‘एक्स्रे’ मेसिन बिग्रेको हुँदा अवैध हातहतियार र लागूऔषध ओसारपसार बढ्न सक्ने औँल्याउँदै भन्सार र सीमा प्रशासनलाई सुदृढ गर्न सरकारको ध्यानाकर्षण गराए। 

    सांसद सावित्री मल्लले आगामी आवको बजेट वक्तव्यमा राष्ट्र सेवक कर्मचारीलाई बेवास्ता गरिएको जनाउँदै अस्थायी, ज्यालादारी र करारका कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरिन्। 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  २ : ४१ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले