एकीकृत समाजवादीलाई एकसातामै दुई ठूला झट्का « Khabarhub

एकीकृत समाजवादीलाई एकसातामै दुई ठूला झट्का


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेबाट चोइटिएर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले दुई दिनको अन्तरालमा दुई धक्का ब्यहोर्नु परेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेका बेला एकीकृत समाजवादीले सोमबार र बिहीबार दुईवटा धक्का पाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध बिहीबार १८ करोड ५८ लाखको भ्रष्टाचार मुद्दा चलाएको छ ।

उता समाजवादीबाटै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनिसकेका दीर्घ सोडारीविरुद्ध पनि यसअघि सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले ‘पतञ्जलि जग्गा खरिद–बिक्री प्रकरण’ मा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

उता सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडरीविरुद्ध पदमा रहँदा अकूत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध दायर गरेको मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ । यस्तै सोडरीविरुद्ध दायर गरिएको मुद्दामा एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ बिगो कायम गरिएको छ ।

सोडारीले पदमा रहँदा एक करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको भेटिएकामा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ मात्रै वैध आय पुष्टि भएको अख्तियारले जनाएको छ ।

जसमा एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको रकमलाई नै बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ३ : २२ बजे

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको