पतञ्जलिलाई बारामा ५ सय बिघा जग्गा दिने महेश बस्नेतको त्यो आश्वासन… « Khabarhub

पतञ्जलिलाई बारामा ५ सय बिघा जग्गा दिने महेश बस्नेतको त्यो आश्वासन…


२२ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका युवा नेता महेश बस्नेत ०७१ सालमा उद्योगमन्त्री बनेका थिए । मन्त्री भएकै बेला बस्नेत पतञ्जलि योगपीठका स्वामी रामदेवलाई भेट्न भारतको हरिद्वार गएका थिए ।

मन्त्री बस्नेतले ‘निजी भ्रमण’का रुपमा हरिद्वार पुगेर बाबा रामदेवका साथै आचार्य बालकृष्णसँग भेट गरेका थिए । सो भेटमा उनले नेपालमा पतञ्जलि ग्राम स्थापना गर्न आग्रह गर्दै रामदेवलाई जग्गा उपलब्ध गराउने आश्वासन दिएका थिए ।

‘बारास्थित विशेष आर्थिक क्षेत्र सेजको नाममा करीव साढे आठ सय बिघा जग्गा छ, त्यसमध्ये ५/६ सय बिघामा पतञ्जलिका सबै उत्पादन गर्न आग्रह गरें’, तत्कालीन उद्योगमन्त्री बस्नेतले हरिद्वारबाट फर्केपछि मिडियालाई प्रतिक्रिया दिएका थिए ।

उक्त भेटका बेला पतञ्जलि योगपीठका तर्फबाट आचार्य बालकृष्णले बारा जिल्लाको सेजमा पतञ्लजिको उद्योग स्थापना गर्ने इच्छा देखाएको बस्नेतले बताएका थिए ।

भेटका क्रममा रामदेवले तत्कालीन मन्त्री बस्नेतलाई सम्मानसमेत गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ३ : ३१ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी