पतञ्जलिलाई बारामा ५ सय बिघा जग्गा दिने महेश बस्नेतको त्यो आश्वासन… « Khabarhub

पतञ्जलिलाई बारामा ५ सय बिघा जग्गा दिने महेश बस्नेतको त्यो आश्वासन…


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका युवा नेता महेश बस्नेत ०७१ सालमा उद्योगमन्त्री बनेका थिए । मन्त्री भएकै बेला बस्नेत पतञ्जलि योगपीठका स्वामी रामदेवलाई भेट्न भारतको हरिद्वार गएका थिए ।

मन्त्री बस्नेतले ‘निजी भ्रमण’का रुपमा हरिद्वार पुगेर बाबा रामदेवका साथै आचार्य बालकृष्णसँग भेट गरेका थिए । सो भेटमा उनले नेपालमा पतञ्जलि ग्राम स्थापना गर्न आग्रह गर्दै रामदेवलाई जग्गा उपलब्ध गराउने आश्वासन दिएका थिए ।

‘बारास्थित विशेष आर्थिक क्षेत्र सेजको नाममा करीव साढे आठ सय बिघा जग्गा छ, त्यसमध्ये ५/६ सय बिघामा पतञ्जलिका सबै उत्पादन गर्न आग्रह गरें’, तत्कालीन उद्योगमन्त्री बस्नेतले हरिद्वारबाट फर्केपछि मिडियालाई प्रतिक्रिया दिएका थिए ।

उक्त भेटका बेला पतञ्जलि योगपीठका तर्फबाट आचार्य बालकृष्णले बारा जिल्लाको सेजमा पतञ्लजिको उद्योग स्थापना गर्ने इच्छा देखाएको बस्नेतले बताएका थिए ।

भेटका क्रममा रामदेवले तत्कालीन मन्त्री बस्नेतलाई सम्मानसमेत गरेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ३ : ३१ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका