संसद्‍मा रोकिएन विपक्षीको नाराबाजी, शुक्रबार दिउँसोसम्मलाई स्थगित « Khabarhub

संसद्‍मा रोकिएन विपक्षीको नाराबाजी, शुक्रबार दिउँसोसम्मलाई स्थगित


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रतिनिधिसभाको बिहीबारको बैठक पनि विपक्षी दलहरूको विरोध र नाराबाजीले अघि बढ्न सकेन ।

बैठक सुरू भएर अगाडि बढ्न नसकेपछि स्थगित भएको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न साढे ५ बजे सुरू भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न सकेन ।

बैठक अघि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले बिहीबारका लागि तय गरिएको कार्यसूची सम्पूर्ण कार्यक्रम हटाएर बैठक स्थगित गरेका छन् । अर्को बैठक शुक्रबार १ बजे बस्ने गरी उनले संसद् स्थगित गरेका छन् ।

सभामुख घिमिरेले बैठक सुरू भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिने बताइरहे पनि अवरोध जारी राखेका थिए ।

उनीहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । सत्तापक्षका दल नेपाली कांग्रेस र नेकपा एमाले भने गृहमन्त्री लेखकले सदनमा बोल्न पाउनुपर्ने अडान राख्दै आएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ५ : ४३ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र