उद्धार अभ्यासमा संलग्न सशस्त्र प्रहरीका दुई जवान सप्तकोशीमा डुबेर बेपत्ता « Khabarhub

उद्धार अभ्यासमा संलग्न सशस्त्र प्रहरीका दुई जवान सप्तकोशीमा डुबेर बेपत्ता


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– कोशी बराजस्थित सप्तकोशी नदीमा गोताखोर अभ्यासमा रहेका दुईजना सशस्त्र प्रहरी डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी छन् ।

सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोमा परेकालाई उद्धारका लागि बिहीबार गरिरहेको अभ्यासका क्रममा दुवैजना डुबेर बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरीको बर्दिबासस्थित मधेश प्रदेश कार्यालयबाट बिहीबार कोशी बराजस्थित सप्तकोशी नदीमा उद्धार अभ्यास गरिएको थियो ।

अक्सिजन मास्कसहित अभ्यासका क्रममा दुईजना सशस्त्र प्रहरी जवान डुबेर बेपत्ता भएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । अहिले दुवैजनाको सुनसरी र सप्तरीका थप प्रहरी आएर खोजिरहेको बताए ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ६ : ०७ बजे

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी