लुम्बिनीका तीन जिल्लामा जसपा अधिवेशन, अध्यक्ष यादवसहितका नेताको दौडधूप « Khabarhub

लुम्बिनीका तीन जिल्लामा जसपा अधिवेशन, अध्यक्ष यादवसहितका नेताको दौडधूप


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेतृत्व लुम्बिनी प्रदेशका जिल्ला दौडाहामा छ ।

पश्चिम नेपालमा जसपा नेपालको पकड रहेको बाँके, बर्दिया र कपिलवस्तुको जिल्ला अधिवेशन गराउन नेताहरू त्यता पुगेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ ।

बुधबार अध्यक्षसहितका नेताहरु नेपालगञ्ज पुगेर त्यही दिन बाँकेको र बिहीबार बर्दियाको जिल्ला अधिवेशनमा भाग लिएका छन् ।

अध्यक्ष यादवले बिहीबार जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशनको उद्घाटन गरेका छन् ।

अधिवेशन सत्रको उदघाटन गर्न जसपा नेपालको केन्द्रीय नेतृत्व बिहिबार दिउँसो नेपालगञ्जबाट गुलरिया पुगेको थियो ।

जसपा नेपालको केन्द्रीय नेतृत्वले अधिवेशनको खुला सत्रलाई सम्बोधन गरेको छ। जसपा नेपालले लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर संगठन निर्माण अभियानलाई पछिल्लो समय झन प्रभावकारी ढंगले अघि बढाउँदै गएको सचिवालयले जनाएको छ ।

अधिवेशनमा उद्घाटन समारोहको प्रमुख वक्ता रहेका अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र केन्द्रीय सचिव कमरुद्दीन राईन, केन्द्रीय सदस्य सिपी सिंह, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव लगायतका केन्द्रीय नेतृत्व गुलरिया पुगेको छ ।

भोलि शुक्रबार जिल्ला अधिवेशन उदघाटन गर्न अध्यक्ष यादवसहित जसपा नेपालको केन्द्रीय नेतृत्व कपिलवस्तु प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

बुधबार मात्रै अध्यक्ष यादवले नेपालगञ्जमा बाँके जिल्लाको अधिवेशन सत्रलाई उदघाटन गरेका थिए । कपिलबस्तुको जिल्ला अधिवेशन उदघाटन गरेर अध्यक्ष यादव काठमाडौं फर्किने कार्यक्रम छ ।

यसअघि बुधबार बाँके जिल्लाको एकताको प्रथम जिल्ला अधिवेशन सुरू भएको थियो । अधिवेशनले जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेदेखि संगठनको आगामी योजना एवं कार्यदिशा तय गर्नेछ ।

यी तीनवटै जिल्लाको अधिवेशनमा अध्यक्ष यादवसहितको केन्द्रीय नेतृत्व सहभागी हुँदैछ । जसपा नेपाल अहिले देशब्यापी रुपमा जिल्ला अधिवेशन सम्पन्न गर्ने अभियानमा होमिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ७ : २२ बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स