एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले भ्रष्टाचार गर्नु भएको छैन, उहाँको छवि निष्कलंक छ « Khabarhub

एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले भ्रष्टाचार गर्नु भएको छैन, उहाँको छवि निष्कलंक छ


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतपक्षी दल नेकपा एकीकृत समाजवादी पार्टीले पतञ्जलिको काभ्रेपलाञ्चोकस्थित जग्गा बिक्री प्रकरणमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री हुँदा कुनै भ्रष्टाचार नगरेको निष्कर्ष निकालेको छ ।

अध्यक्ष नेपाल रौतहटबाट फर्किएपछि जुटेका नेताहरूबीच पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको छलफलपछि यस्तो निष्कर्ष निकालिएको हो । कानुन व्यवसायीसमेत बसेर गरेको छलफलमा समाजवादीले अध्यक्ष नेपालबाट कुनै किसिमको भ्रष्टाचार नभएको निचोड निकालेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

‘माधव नेपालले अहिलसम्म कहीँ कतै भ्रष्टाचार गरेको थाहा छैन । उहाँको छवि निष्कलंक छ । उहाँविरुद्ध प्रतिशोधसहित पूर्वाग्रह साँध्ने गरी मुद्दा लगाइएको छ’, उनले भने, ‘माधव नेपालले भ्रष्टाचार गरेको कसैले पत्याउँदैन । उहाँलाई प्रतिशोध साँध्न षड्यन्त्रमुलक ढंगले मुद्दा चलाइएकाले हामी राजनीतिक प्रतिरोध गर्छौँ । कानुनी र अदालती प्रक्रियामा पनि जान्छौँ ।’

उनले माधव नेपालको मुद्दामा अदालतले क्लिन चिट दिने बताए । ‘हामी अदालतबाट क्लिन चिट लिएर, सफाइ लिएर आउँछौँ। हामी अदालबाट मुद्दा गलत थियो भनेर फर्किन्छौँ’, उनले भने, ‘हाम्रो अध्यक्षले भ्रष्टाचार गरेको हो, सार्वजनिक सम्पत्ति हिनामिना गरेको हो कि भन्ने भ्रम नराखे हुन्छ । कार्यकर्ता पंक्ति पनि अध्यक्षबारे ढुक्क भए हुन्छ । यो केबल राजनीतिक प्रतिशोध हो । यसको जवाफ हामी दिन्छौँ ।’

उनले अध्यक्षलाई मुद्दा लाग्दैमा पार्टी नसुस्ताउने बताए । ‘हाम्रो पार्टी जुन ऊर्जा र सक्रियताका साथ लागेको छ, त्यसरी नै अघि बढ्छ’, उनले भने, ‘हामीबाट राजनीतिक र कानुनी प्रतिरोध दुवै हुन्छ । हामीले कानुन व्यवसायी साथीहरूसँग पनि सल्लाह गरेका छौँ । माधव नेपालविरुद्धको मुद्दा अदालतमा टिक्दैन ।’

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ७ : ४६ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट