माधव नेपालले भने- मैले भ्रष्टाचार गरेको छैन, नबिराउनू, नडराउनू « Khabarhub

माधव नेपालले भने- मैले भ्रष्टाचार गरेको छैन, नबिराउनू, नडराउनू


२२ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पर्दैमा आफूलाई डर नलागेको बताएका छन् ।

रौतहटबाट काठमाडौं आएलगत्तै बिहीबार साँझ पार्टीका नेता र वकिलहरूसँग परामर्श गरिसकेपछि सञ्चाकर्मीलाई प्रतिक्रिया दिँदै उनले यसो भनेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेस्थित पतञ्जलिका लागि खरिद जग्गा बिक्री प्रकरणमा १८ करोड ५८ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको पृष्ठभूमिमा गल्ती नगरेकाले डर नलागेको नेपालले बताए ।

‘एउटा मान्याता छ, मेरो ‘नबिराउनू नडराउनू’, नेपालले भने, ‘यो मुद्दा राजनीतिक प्रतिशोधका लागि यो आएको हो ।’

अध्यक्ष नेपालले आफूले कुनै भ्रष्टाचार नगरेको पनि बताए । ‘मैले भ्रष्टाचार गरेको छैन, चुनौतीका साथ भन्छु म’, उनले भने, ‘राजनीतिक प्रतिशोध गर्न, बदला लिन गरिएको निर्णयविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँ लड्छु ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ७ : ५८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म