अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः राष्ट्रपति सी « Khabarhub

अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः राष्ट्रपति सी


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिका र चीनबीचको सम्बन्धको बाटोलाई सच्याउनु पर्ने बताएका छन् ।

वासिङ्टन र बेइजिङबीच व्यापार र विद्यार्थी भिसाजस्ता विषयमा विवाद भइरहेका बेला ट्रम्पको अनुरोधमा वार्ता भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति सीले अमेरिकी समकक्षी ट्रम्पलाई भने, “चीन–अमेरिका सम्बन्धको ‘विशाल जहाज’को दिशा सुधारगर्न दुवै पक्षले सही दिशा तय गर्न आवश्यक छ र सबै प्रकारका अवरोधहरू हटाउन आवश्यक छ।”

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका अधिकारीहरूले जेनेभामा भएको व्यापार वार्तालाई खतरामा पारेको आरोपप्रत्यारोप लगाएका समय भएको यो फोनवार्तामा उक्त आह्वान गरिएको हो ।

“अमेरिकी पक्षले भएको प्रगतिको यथार्थपरक दृष्टिकोण राख्नुपर्छ र चीनविरुद्धको नकारात्मक पहल फिर्ता लिनुपर्छ,’ राष्ट्रपति सीले ट्रम्पसँग भने ।

जेनेभावार्ताले ‘वार्ता र सहकार्य नै सही विकल्प हो’ भन्ने देखाएको बताउँदै उनले चीनले स्विट्जरल्याण्डमा भएका सम्झौताको पालना गरेको बताए ।

तर चिनियाँ राष्ट्रपतिले ट्रम्पलाई चेतावनी दिँदै स्वशासित ताइवानको विषयमा वासिङ्टनले सावधानीपूर्वक कदम चाल्नुपर्ने बताएका छन् ।

सीसीटीभीका अनुसार सीले चीन र अमेरिकालाई द्वन्द्व र मुठभेडको खतरनाक स्थितिमा धकेल्ने ‘ताइवान स्वतन्त्रता’ पृथकतावादीहरूको सानो संख्याबाट बच्न अमेरिकाले ताइवान मुद्दालाई सावधानीपूर्वक सम्हाल्नुपर्नेमा जोड दिएका थिए ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बेइजिङको सेनाले ‘वास्तविक सम्झौताका लागि पूर्वाभ्यास गरिरहेको’ र ताइवानमाथि सम्भावित आक्रमणको तयारी गरिरहेको बताएपछि चिनियाँ नेताको यो टिप्पणी आएको हो ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १० : ३७ बजे

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान