अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः राष्ट्रपति सी | Khabarhub Khabarhub

अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः राष्ट्रपति सी


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिका र चीनबीचको सम्बन्धको बाटोलाई सच्याउनु पर्ने बताएका छन् ।

वासिङ्टन र बेइजिङबीच व्यापार र विद्यार्थी भिसाजस्ता विषयमा विवाद भइरहेका बेला ट्रम्पको अनुरोधमा वार्ता भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति सीले अमेरिकी समकक्षी ट्रम्पलाई भने, “चीन–अमेरिका सम्बन्धको ‘विशाल जहाज’को दिशा सुधारगर्न दुवै पक्षले सही दिशा तय गर्न आवश्यक छ र सबै प्रकारका अवरोधहरू हटाउन आवश्यक छ।”

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका अधिकारीहरूले जेनेभामा भएको व्यापार वार्तालाई खतरामा पारेको आरोपप्रत्यारोप लगाएका समय भएको यो फोनवार्तामा उक्त आह्वान गरिएको हो ।

“अमेरिकी पक्षले भएको प्रगतिको यथार्थपरक दृष्टिकोण राख्नुपर्छ र चीनविरुद्धको नकारात्मक पहल फिर्ता लिनुपर्छ,’ राष्ट्रपति सीले ट्रम्पसँग भने ।

जेनेभावार्ताले ‘वार्ता र सहकार्य नै सही विकल्प हो’ भन्ने देखाएको बताउँदै उनले चीनले स्विट्जरल्याण्डमा भएका सम्झौताको पालना गरेको बताए ।

तर चिनियाँ राष्ट्रपतिले ट्रम्पलाई चेतावनी दिँदै स्वशासित ताइवानको विषयमा वासिङ्टनले सावधानीपूर्वक कदम चाल्नुपर्ने बताएका छन् ।

सीसीटीभीका अनुसार सीले चीन र अमेरिकालाई द्वन्द्व र मुठभेडको खतरनाक स्थितिमा धकेल्ने ‘ताइवान स्वतन्त्रता’ पृथकतावादीहरूको सानो संख्याबाट बच्न अमेरिकाले ताइवान मुद्दालाई सावधानीपूर्वक सम्हाल्नुपर्नेमा जोड दिएका थिए ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बेइजिङको सेनाले ‘वास्तविक सम्झौताका लागि पूर्वाभ्यास गरिरहेको’ र ताइवानमाथि सम्भावित आक्रमणको तयारी गरिरहेको बताएपछि चिनियाँ नेताको यो टिप्पणी आएको हो ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १० : ३७ बजे

आजका समाचार : प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार, भित्र्याइयो फूलपाती र चीन–उत्तर कोरिया सहकार्य बलियो बनाउँदै

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्तप्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा

इरानद्वारा इजरायलको मोसादका जासुसी आरोपितलाई मृत्यु दण्ड

एजेन्सी– इरानले सोमबार इजरायलको गुप्तचर एजेन्सी मोसादको तर्फबाट जासुसीको आरोपमा

दसैँले बजार चलायमान, व्यवसायीलाई राहत

चितवन– बडादसैँको चहलपहलसँगै यहाँका बजार पनि चलायमान भएका छन् ।

पूर्व सांसदलाई रास्वपाको आग्रह- रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउनू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका पूर्व सांसदहरूलाई रातो

फरार कैदीबन्दीलाई फर्किएर आउन नख्खु कारागारको आग्रह

पाटन– ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको