बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी | Khabarhub Khabarhub

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता बाह्र्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयको अवधि लम्बिनु, तापक्रममा असामान्य रुपमा वृद्धि हुनु, वर्षा चक्रको अनियमितताका कारण डेंगीको सङ्क्रमण बाह्रै महिना हुने गरेको विज्ञहरू बताउँछन् ।

डेंगीको सङ्क्रमण फैलाउने एडिस एजिप्टाई वा एडिस एल्बोपिक्टस जातको लामखुट्टेले विशेषगरी मनसुनको सफा पानीमा फूल पार्ने गदर्छ । तर पछिल्लो समय यो लामखुट्टे बाह्रै महिना सक्रिय हुनथालेसँगै डेंगी सङ्क्रमणको जोखिम पनि बाह्रै महिना हुने गरेको छ ।

चिसो हिमाली क्षेत्रसम्म पनि बिस्तारै यो फैलिँदै गएको पाइएको छ । यसले बिस्तारै हरेक खालको वातावरणमा रहनसक्ने क्षमता वृद्धि गरिहेकाले डेंगी सङ्क्रमण जनस्वास्थ्यको मुख्य चुनौतीको रुपमा देखिन थालेको विज्ञको विश्लेषण छ ।

डेंगी सङ्क्रमितको सङ्ख्या १६ सय नाघ्यो

नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय नाघेको छ । सातवटै प्रदेशमा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

गत पुष महिनादेखि देखिन थालेको सङ्क्रमणबाट सबैभन्दा धेरै बागमती प्रदेशमा ४ सय ४ जना, गण्डकीमा ३ सय ५८ जना, लुम्बिनी प्रदेशमा २७८, कोशी प्रदेशमा ३ सय ३४, मधेश प्रदेशमा ३१, कर्णालीमा ३६ जना सुदुरपश्चिममा २ सय ३२ जना गरी जम्मा १६ हजार १ सय ७३ जना बिरामी परेका छन् ।

महाशाखाका अनुसार गत साता मात्रै ७१ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैभन्दा धेरै गण्डकी प्रदेशमा २० जना छन् भने कर्णालीमा १ जनामा डेंगीको सङ्क्रमण पुष्टि भएको छ ।

अहिलेकै अवस्थामा डेंगीको सङ्क्रमण बढ्दै गए गत वर्षको जस्तो अवस्था आउन सक्ने महाशाखाको चेतावनी छ ।
इडिसिडीको तथ्याङ्क अनुसार गत वर्ष ४५ हजार भन्दा बढीलाई सङ्क्रमण भएको थियो भने १५ जनाको मृत्यु भएको थियो ।

यस वर्ष पनि सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएकाले सावधानी अपनाउन महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले आग्रह गरेका छन् ।

‘डेंगी रोकथाम तथा नियन्त्रणमा आम नागरिक सचेत नभइदिने हो भने गत वर्षको जस्तै हामीले समस्या भोग्नुपर्छ ।’ उनले भने ।

अबका ४ महिना अत्यधिक जोखिम हुने डा. दाहालको भनाइ छ ।

डेंगी नियन्त्रणका लागि भइरहेका प्रयास

सम्पूर्ण स्थानीय तहसँग समन्वय गरेर डेंगी नियन्त्रणमा लागि गर्नुपर्ने कामबारे कार्ययोजना बनेको डा. दाहालले बताए ।

‘सोही अनुसार स्थानीय तहले सक्रियताका साथ आ–आफ्नो क्षेत्रमा काम गरिरहेका छन् ।’ डा. दाहालले भने ।

उपत्यकामा काठमाडौं महानगरपालिकाले डेंगीलगायत वर्षायाममा लाग्ने रोग नियन्त्रणका लागि सम्पूर्ण वडामा भेला गरेको छ । बुढानिलकण्ठ नगरपालिकाले पनि विभिन्न कार्यक्रम गरेको जानकारी दिएको छ ।

नगरपालिकाका हरेक विद्यालयमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई हप्तामा एकदिन एउटा क्लास डेंगीको बारेमा राखिदिन आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख कुमारप्रसाद दाहालले बताए ।

उनका अनुसार उक्त क्लासमा डेंगी रोकथामका उपायबारे जानकारी दिँदै प्रत्येक शनिबार आफ्नो घर तथा घर वरिपरि जमेको पानी भए पोखिदिने र नियन्त्रणका लागि अपनाउनु पर्ने सावधानी जस्तै सुत्दा झुलको प्रयोग गर्ने लगायतको पालना गर्न आग्रह गर्ने गरिएको छ ।

त्यस्तै विभिन्न सराकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीलाई पनि शुक्रबार आ–आफ्नो कार्यालयमा र शनिबारका दिनमा घर घरमा जमेको पानी पोख्न र घरवरिपरि सफा राख्न आग्रह गरिएको उनले बताए ।

कपन स्वास्थ्य चौकी, नगर अस्पताललगायत नगरपालिकाअन्तर्गतका विभिन्न सामुदायिक स्वास्थ्य संस्थामा आगामी मङ्सिर महिनासम्म निशुल्क डेंगी जाँचको व्यवस्था गरिएको छ । ज्वरो आउने जिउ दुख्ने लगायतका लक्षण देखिए डेंगी जाँच गराउन उनले सुझाव दिएका छन् ।

डेंगी रोगबाट कसरी बच्ने ?

लामखुट्टेको टोकाइबाट हुने डेंगी रोगका बिरामी नेपालमा केही समय यता बढीरहेका छन् । स्वास्थ्य मन्त्रालयले निम्न रोकथामका उपाय अपनाउन आग्रह गरेको छ ।

– पूरा बाहुला भएको लुगा लगाउने
– झुलभित्र मात्र सुत्ने
– घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
– घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
– खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
– गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
– पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
– साँझ र बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा
लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ४७ बजे

मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा

नयाँ दलले देशमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजे : गोविन्द भट्टराई  

काठमाडौं– नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले नयाँ राजनीतिक दलहरूले देशलाई

क्याम्बोडियामा हवाई यातायात विस्तारसँगै यात्रु आगमन बढ्यो

एजेन्सी – क्याम्बोडियाले सन् २०२५ को पहिलो छ महिनामा कुल

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

काठमाडौं– सोलुखुम्बुको सल्लेरीमा ‘सोलुखुम्बु स्केट पार्क’ सञ्चालनमा आएको छ ।