असार २८ गते ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती « Khabarhub

असार २८ गते ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रेडियो कान्तिपुरले शनिबार यस संस्करणको ‘नेशनल म्युजिक अवार्ड’ गर्ने भएको छ । आयोजकले काठमाडौंको दरबार मार्गमा शुक्रबार पत्रकार सम्मलेन गरी अवार्ड कार्यक्रमबारे जानकारी दिएको हो ।

यस पटक विभिन्न १४ विधाका विजेतालाई अवार्ड प्रदान गरिने बताइएको छ । त्यस्तै, संगीत क्षेत्रमा योगदान पुर्‍याउने एक जना ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित हुने आयोजकले बताएको छ ।

असार २८ गते शनिबार गोदावारीको सनराइज सम्मेलन केन्द्रमा यो कार्यक्रम हुने बताइएको छ ।

कार्यक्रममा गायक कुमा सागर र दुर्गेश थापाले लाइभ प्रस्तुती दिने आयोजकले बताएको छ । त्यस्तै, अन्य गायकहरु सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्माले पनि लाइभ प्रस्तुती दिनेछन् ।

कलाकार सुन्दर खनाल र सुजिता श्रेष्ठले हाँस्य प्रस्तुति दिने तय भएको आयोजकले जानकारी दिएको छ ।

यो पटक अवार्ड कार्यक्रमलाई थप वृहत बनाउने योजना रहेको आयोजकतर्फबाट सुरज सिंह ठकुरीले बताए ।

उनले भने, ‘यो पटक अवार्ड कार्यक्रम वृहत बनाउन हामी गोदावारी पुगेका हौं । यो पटक धेरै दर्शकलाई सहाभागी बनाउन ठूलो सिट क्षमता भएको हलमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।’

यो कार्यक्रम रेड कार्पेटसहित आयोजना हुने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ५५ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले