असार २८ गते ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती | Khabarhub Khabarhub

असार २८ गते ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रेडियो कान्तिपुरले शनिबार यस संस्करणको ‘नेशनल म्युजिक अवार्ड’ गर्ने भएको छ । आयोजकले काठमाडौंको दरबार मार्गमा शुक्रबार पत्रकार सम्मलेन गरी अवार्ड कार्यक्रमबारे जानकारी दिएको हो ।

यस पटक विभिन्न १४ विधाका विजेतालाई अवार्ड प्रदान गरिने बताइएको छ । त्यस्तै, संगीत क्षेत्रमा योगदान पुर्‍याउने एक जना ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित हुने आयोजकले बताएको छ ।

असार २८ गते शनिबार गोदावारीको सनराइज सम्मेलन केन्द्रमा यो कार्यक्रम हुने बताइएको छ ।

कार्यक्रममा गायक कुमा सागर र दुर्गेश थापाले लाइभ प्रस्तुती दिने आयोजकले बताएको छ । त्यस्तै, अन्य गायकहरु सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्माले पनि लाइभ प्रस्तुती दिनेछन् ।

कलाकार सुन्दर खनाल र सुजिता श्रेष्ठले हाँस्य प्रस्तुति दिने तय भएको आयोजकले जानकारी दिएको छ ।

यो पटक अवार्ड कार्यक्रमलाई थप वृहत बनाउने योजना रहेको आयोजकतर्फबाट सुरज सिंह ठकुरीले बताए ।

उनले भने, ‘यो पटक अवार्ड कार्यक्रम वृहत बनाउन हामी गोदावारी पुगेका हौं । यो पटक धेरै दर्शकलाई सहाभागी बनाउन ठूलो सिट क्षमता भएको हलमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।’

यो कार्यक्रम रेड कार्पेटसहित आयोजना हुने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ५५ बजे

आज साउने सङ्क्रान्ति : लुतो फाल्ने दिन

काठमाडौं – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार १ गते बिहीबार। साउन

आज २०८२ साल साउन १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १ गते बिहीबार। साउन

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको