विराट र रोहितपछि भारतको क्रिकेटमा शुभमन र वैभवको चमक | Khabarhub Khabarhub

विराट र रोहितपछि भारतको क्रिकेटमा शुभमन र वैभवको चमक


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

भारतीय क्रिकेट समर्थकका माझ एउटा प्रश्न तेर्सिएको थियो। एकै पटक विराट कोहली र रोहित शर्माले संन्यासको घोषणा गरेपछि अबको नायक को ? यो प्रश्न मात्र थिएन। यसले भारतको क्रिकेटमा एउटा गम्भीर बहस उठाएको थियो। यो बहस नसकिँदै भारतले इङ्गल्यान्डमा शुभमन गिलको कप्तानीमा रोहित र विराटको अनुपस्थितिमा टेस्ट शृङ्खला खेलिरहेको छ भने अर्कोतर्फ युवा टोलीले पनि प्रतिस्पर्धा गरिरहेको छ। यी दुई शृङ्खलामा कप्तान शुभमन गिल र वैभव सूर्यवंशीले उत्तिकै सानदार प्रदर्शन गरेका छन्। सोही प्रदर्शनले नयाँ भविष्यको सङ्केत समेत गरेको छ।

एकातर्फ शुभमिन गिलले आफूलाई विश्व क्रिकेटको सबै भन्दा परिपक्व ब्याटरको रूपमा पुष्टि गरेका छन् भने अर्कोतर्फ सूर्यवंशीले आफूलाई सम्भवतः सबै भन्दा विस्फोटक ब्याटरको रूपमा पुष्टि गर्दै आएका छन्।

पहिलो टेस्ट कप्तानीमा शतक प्रहार गरेपछि भारतका कप्तान शुभमन गिल। क्रिकइन्फो

जारी टेस्टमा भारतका सामु केही चुनौती पक्कै छन्। पहिलो टेस्टमा सानदार प्रदर्शन गरेका गिलले पहिलो पारीमा १४७ रन प्रहार गरे। दोस्रो टेस्टको पहिलो पारीमा नै उनले २६९ रन प्रहार गरे। यो सफलतासँगै गिल कुनै पनि टेस्ट पारीमा सबै भन्दा धेरै रन प्रहार गर्ने भारतीय ब्याटर बनेका छन्। यस भन्दा अघि सो कीर्तिमान विराट कोहलीको नाममा थियो। यस अघि सन् २०१९ मा कोहलीले दक्षिण अफ्रिकाको विरुद्धमा अविजित २५४ रन प्रहार गरेका थिए। यसैगरी उनले भारत बाहिर सबै भन्दा धेरै रन प्रहार गर्ने भारतीय ब्याटरको रूपमा कीर्तिमान पनि कायम गरेका छन्। यस अघि सचिन तेन्दुलकरले सन् २००४ सिड्नी क्रिकेट ग्राउन्डमा अविजित २४१ रन प्रहार गरेका थिए।

गिल अघि दुई जना मात्र भारतीय ब्याटरले इङ्गल्यान्डमा दोहोरो शतक प्रहार गरेका छन्। सन् १९७९ मा सुनिल गावस्करले २२१ रन जोडेका थिए भने सन् २००२ मा राहुल द्रविडले २१७ रन प्रहार गरेका थिए।

टेस्ट र एक दिवसीय क्रिकेटमा नै दोहोरो शतक प्रहार गर्ने कीर्तिमान थोरै खेलाडीको नाममा छ। गिल अघि सचिन तेन्दुलकर, वीरेन्द्र सेहबाग, रोहित शर्मा र क्रिस गेलले मात्र यो सफलता पाएका थिए।

गिल र कोहलीमा धेरै समानता नभएको होइन। कप्तानको रूपमा सुरुवाती दुई टेस्टमा नै शतक प्रहार गर्ने थोरै खेलाडी मध्य गिल चौथो भारतीय ब्याटर हुन्। यस भन्दा अघि सुनिल गावास्कर, विजय हरारे र कोहलीले यो सफलता पाएका हुन्। कोहलीले सुरुवाती तीन खेलमा नै सफलता पाए। कोहलीले तीन शतक प्रहार गरेका छन्।

इङ्गल्यान्डसँग लगातार तीन टेस्टमा शतक प्रहार गर्ने सफलता पनि गिलले पाएका छन्। यस भन्दा अघि मोहम्मद अजरुद्धिन, दिलिप बेंगसकर र राहुल द्रविडले सो सफलता पाएका छन्। द्रविडले सन् २००२ र सन् २००८ देखि २०११ को बिचमा सो सफलता पाएका थिए।

इङ्गल्यान्डमै कप्तानको रूपमा दोहोरो शतक प्रहार गर्ने खेलाडीको रूपमा गिल पहिलो भारतीय हुन्। यसअघि सचिन तेन्दुलकर र कोहलीले नै ब्याटिङ गर्ने गरेको चौथो क्रममा नै गिलले ब्याटिङ गरेर यो सफलता पाएका हुन्।

सफल कप्तान कोहली
कोहलीले आफ्नो क्यारियरमा धेरै सफलता पाए। टेस्ट क्रिकेटमा १४ वर्षको बीचमा कोहलीले थुप्रै सफलता पाए। ६८ टेस्टमा टोलीको नेतृत्व गर्नु आफैमा एउटा सफलता हो। यी ६८ मा १७ वटामा मात्र उनले हारको सामना गरेका छन्। उनको नेतृत्वमा भारतले ४० टेस्टमा जित हात पारेको छ। अस्ट्रेलियाको भूमिमा टेस्ट शृङ्खला जित्ने पहिलो भारतीय कप्तानको रूपमा पनि कोहलीको कीर्तिमान छ।

कोहलीको नेतृत्वमा भारत लगातार पाँच वर्ष शीर्ष स्थानमा रहेको छ। टेस्टमा कोहलीको नेतृत्वमा भारतले ९ शृङ्खला जितेको छ। यसै गरी कप्तान रिक्की पोन्टिङको नेतृत्वमा अस्ट्रेलियाले पनि ९ टेस्ट जितेको थियो।

यी अनेकन् सफलताका पाएका कोहली खेलाडी जीवनको अन्त्यमा पुगेका छन्। उनले टेस्ट क्रिकेटबाटसन्यास लिइसकेका छन्। कुनै दिन कोहलीले गिललाई देखेर भनेका थिए, ‘म उनको उमेरमा जस्तो थिए, त्यो भन्दा गिल धेरै स्तरीय छन्।’ कोहलीले भने जस्तै भारतले नयाँ स्टार पाएको छ। कुशल कप्तान र उत्कृष्ट ब्याटरको रूपमा।

विस्फोटक सूर्यवंशी
कुनै समय भारतमा सचिन तेन्दुलकरको प्रारम्भिक जोडीको खोजी भएको समयमा वीरेन्द्र सेहबागको उदय भएको थियो। द्रविड, तेन्दुलकर, भिएस लक्ष्मण र सौरभ गांगुलीको साथमा सेहबागको उपस्थितिले भारतीय क्रिकेटमा एउटा चार्म थपिएको थियो। टेस्ट क्रिकेटमा तीन हजार भन्दा बढी रन प्रहार गर्ने खेलाडी मध्य सबैभन्दा धेरै स्ट्राइक रेट उनको थियो। उनको स्ट्राइक रेट ८२ भन्दा बढी थियो। एक दिवसीय र टेस्टमा नै उनी झनै विस्फोटक थिए। त्यसपछि कप्तान रोहित शर्माको युग सुरु भएको हो।

३५ बलमा शतक हिर्काएका वैभव सूर्यवंशी। तस्बिरः क्रिकइन्फो

सन् २००७ मा भारतले पहिलो पटक टी-२० विश्वकप जितेदेखि यस वर्षको च्याम्पियन्स ट्रफीको सफलतासम्मलाई आधार मान्दा रोहित आइसिसी प्रतियोगिताको उत्कृष्ट खेलाडी भएकोमा विमति हुन सक्दैन।

उनको प्रतिस्थापनको विषयमा चर्चा भइरहँदा वैभव सूर्यवंशी देखिएका हुन्। इङ्गल्यान्डमा जारी यूथ क्रिकेट शृङ्खलाका सुरुका दिनमा उनले धुवा दार नै प्रदर्शन गरे।

शृङ्खलामा तीन खेल भए। पहिलो खेलमा सूर्यवंशीले १९ बलमा ४६ रन प्रहार गरे। दोस्रो खेलमा ३४ रन प्रहार गरे। यसैगरी तेस्रो खेलमा ३१ बलमा ८६ रन प्रहार गरे। यसै वर्ष जय पुरमा भएको गुजरात टाइटनसँग भएको आइपिएल खेलमा उनले ३६ बलमा नै शतक प्रहार गरेका थिए। राजस्थान रोयल्सका लागि खेल्दै उनले सो सफलता पाएका हुन्।

राजस्थानका कप्तान सञ्जु सामसन घाइते भएपछि मात्र मौका पाएका १४ वर्षीय सूर्यवंशीले त्यसपछि आफूलाई एकसे एक अब्बल साबित गरे। त्यसो त उनले गत वर्ष नै अक्टोबरमा अस्ट्रेलिया यु–१९ सँग भएको टेस्टमा नै ५८ बलमा शतक प्रहार गरेका थिए। बिहारका लागि घरेलु क्रिकेट खेल्ने उनले भारतको यु-१९ टोलीमा कम उमेरमा नै अवसर त पाए नै केही समयमा नै राष्ट्रिय टोलीमा प्रवेश पाउने कुरामा कुनै शङ्का छैन। भारतीय क्रिकेटले खोजेको जस्तो अर्को स्टार खेलाडीको रूपमा उनी हुन सक्छन्। अबको भारतीय क्रिकेट नयाँ युग गिलको नेतृत्व र सूर्यवंशीको धुवा दार ब्याटिङको रूपमा पनि रहन सक्छ।
हिन्दुस्तान टाइम्स, क्रिक इन्फो, टाइम्स अफ इन्डिया

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ३१ बजे

‘राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्र सुधार्न सकिँदैन’

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य

गिरिजाप्रसादले हिम्मत नगरेको भए नेपालमा गणतन्त्र आउने थिएन : देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला

सय जनामध्ये ९० जनामा सकारात्मक सोच नै छैन : शेखर कोइराला 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सय जनामध्ये ९०

सामाजिक सञ्जालको सदुपयोग गरेर क्षमता प्रदर्शन गरौँ : डिना उपाध्याय 

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले मोबाइल र सामाजिक सञ्जालको

रुसी आक्रमणपछि ट्रम्पले गरे नयाँ प्रतिबन्धको संकेत

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको