इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी « Khabarhub

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको छ। पहिलो पारीमा भारतले बनाएको ५८७ रनको जवाफमा ब्याटिङ गरेको इङ्गल्यान्ड ४०७ रनमा आउट भएको हो। शुक्रबार तेस्रो दिनको खेल सकिँदा भारतले एक विकेटको क्षतिमा ६४ रन जोडेको छ।

भारतका ओपनर यशस्वी जयसवाल २८ रनमा आउट भए। अब केएल राहुल २८ र करुण नाइरले ६ रनबाट चौथो दिनको खेल सुरु गर्नेछन्।

यसअघि इङ्गल्यान्डको पारी भने नाटकीय रहेको थियो। २५ रनमा तीन सय ८४ रनमा ५ विकेट गुमाएको इङ्गल्यान्डका लागि हेरी ब्रुक र जेम्स स्मिथले छैटौँ विकेटका ३०३ रनको साझेदारी गरे। ब्रुकलाई १५८ रनमा आउट गरपछि सो साझेदारी टुटेको थियो। स्मिथ १८४ रनमा अविजित रहे। ब्रुक आउट भएपछि इङ्गल्यान्डले २० रनमा बाँकी विकेट गुमाएको थियो। इङ्गल्यान्डका ६ ब्याट्सम्यान शून्य रनमा आउट भए। भारतका मोहम्मद सिराजले ६ विकेट लिए। यसैगरी आकाश दिपले चार विकेट लिए।

स्मिथको १८४ रन कुनै पनि विकेट किपर इङ्लिस ब्याट्सम्यानले बनाएको सबै भन्दा धेरै रन हो। उनले ८० बलमा शतक प्रहार गरेका थिए।

ब्रुक र स्मिथ टेस्टमा छैटौँ विकेटका लागि तीन सय रन भन्दा बढीको साझेदारी गर्ने नवौँ जोडी हो। भारतले टेस्टमा ६ ब्याटरलाई शून्यमा आउट गरेको यो दोस्रो पटक हो। भारतका जयसवालले भने दुई हजार टेस्ट रन पुरा गरे। राहुल द्रविड र वीरेन्द्र सेहबागसँगै जयसवाल पनि सबै भन्दा थोरै ४० पारीमा नै सो कोशेढुंगा पार गर्न सफल भएका हुन्।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : १० बजे

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको