एसिसी यु-१६ कप फाइनल : १२ ओभरको समाप्तिमा नेपालले लियो ६ विकेट « Khabarhub

एसिसी यु-१६ कप फाइनल : १२ ओभरको समाप्तिमा नेपालले लियो ६ विकेट


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा आज सिंगापुरसँग भिड्दै छ। सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले सुरुमा बलिङ गर्दैछ ।

१० ओभरको समाप्तिमा नेपालले सिंगापुरको चार विकेट हात पारेको छ । नेपालका लागि अभय यादवले दुई विकेट लिँदा सुशीलबहादुर रावलले तीन विकेट हात पारेका छन् । सिंगापुरका कप्तान रियान नाइक भने ११ बलमा १५ रन बनाएर रनआउट भए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका छैनन् । सिंगापुरले ६ विकेटको क्षतिमा ५२ रन बनाएको छ ।

साविक विजेता नेपाल उपाधि लक्ष्यका साथ मैदानमा हुनेछ। नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने हङकङलाई चार विकेटले हराउँदै सिंगापुरले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

प्रतियोगितामा नेपाल अपराजित छ। समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो।

समूह चरणको पहिलो भेटमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको नेपाल उपाधि उचाल्ने उच्च मनोबलका साथ मैदानमा हुनेछ। सिंगापुर भने प्रतियोगिताको पहिलो भेटको बदला फाइनलमा लिने दाउमा हुनेछ। प्रतियोगितामा नेपाल पराजित टिम हो भने सिंगापुरले नेपालसँगको भेटमा एक हार चाखेको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : ४८ बजे

धरपकडको त्रासबीच नयाँ नेतृत्व चयन गर्दै निजी क्षेत्र

काठमाडौं– सोमबारबाट सुरू भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा मंगलबार

पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त

काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका

माग पूरा नभए देशभर निर्माण ठप्प पार्ने महासंघको चेतावनी

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग पुरा नभए देशभरि

एघार दिनपछि दमौली बजारको फोहर उठ्यो

दमौली– एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ ।

निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण