जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना « Khabarhub

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । एक अर्बको कोष बनाउने लक्ष्य रहेकामा कोषमा ५० लाख १० हजार रुपैयाँ जम्मा भइसकेको जैमिनी नगरपालिकाले जनाएको छ ।

पालिकाभित्रका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउनका लागि जैमिनी नगरपालिकाले एक अर्बको जैमिनी नागरिक उपचार कोष बनाउने लक्ष्यका साथ तीन वर्षअघि कोष घोषणा गरेको थियो । तीन वर्षअघि नगरपालिकाले १० लाख रुपैयाँ जम्मा गरेर घोषणा गरेको कोषमा गत वर्ष १५ लाख र यस वर्ष २५ लाख रुपैयाँ जम्मा गरिएको छ ।

कोषको ब्याजबाट नागरिकहरूको स्वास्थ्य उपचारका लागि सहायता प्रदान गर्ने लक्ष्यसहित कोष निर्माण थालिएको बताउँदै आगामी एक वर्षमै कोष वृद्धि भएर एक करोड पुर्‍याइने जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले बताए ।

सामाजिक सुरक्षाको दृष्टिकोणबाट स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नको लागि नगरपालिकाले कोष स्थापना गरेको पुनको भनाइ छ ।

‘दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पुर्‍याउने लक्ष्य रहेको छ, उक्त कोषमा एक अर्ब जम्मा भएमा नगरभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग पुर्‍याउन सकिन्छ, कोषमा आम नागरिकले समेत सहयोग प्रदान गर्न सकिने छ’, पुनले भने, ‘कोषमा पालिकाले बर्सेनि नीति तथा कार्यक्रममार्फत रकम थप्दै लैजाने गरेको छ, आगामी दिनमा रकम अभावमा उपचार गर्न नसकेर नागरिक मर्न नपरोस् भन्ने हाम्रो चाहना छ ।’

कोषमा हालैमात्र नगरपालिकाका योजना शाखा प्रमुख प्रेमप्रसाद सापकोटाले जन्मदिनको खर्च कटाएर १० हजार सहयोग गरेका छन् । सापकोटाले कोषको सकारात्मक सन्देश फैलाउन व्यक्तिगत रूपमा आफूले पहिलो योगदान गरेको बताए । नगरपालिकाले कर्मचारी, जनप्रतिनिधि तथा सर्वसाधारणले समेत कोषमा योगदान गर्न आह्वान गरेको छ ।

क्यान्सर, मुटुरोग, मिर्गौलाजस्ता उपचारमा ठूलो खर्च लाग्ने रोगका लागि नगरपालिकाले कोषको ब्याजबाट सहयोग उपलब्ध गराउनेगरी नीति बनाउन लागेको छ । (रासस)

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ९ : ०६ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,