सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई  « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई 


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको समर्थन गुमाएको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । 

उन्मुक्ति पार्टीले समर्थन फिर्ता गरेको एक दिनपछि शनिबार बूढानीलकण्ठस्थित निवास पुगेर उनले सभापति देउवासँग भेट गरेका हुन् । भेटबारे केही खुलाइएको छैन । 

मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको खबरबहलाई प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन उन्मुक्ति पार्टीले शुक्रबारमात्रै फिर्ता लिएको थियो । 

उक्त पार्टीले समर्थन फिर्ता लिए पनि सुदूरपश्चिम सरकारको सत्ता समीकरणमा गणितीय असर भने पर्दैन । संघीय सरकारका लागि कांग्रेस र एमालेबीच सात बुँदे सहमति पछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन भएको थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १२ : २९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म