डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्य गर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह « Khabarhub

डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्य गर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि बेलायती व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

बेलायतस्थित नेपाली दूतावासले लन्डनमा आयोजना गरेको ‘नेपाल–यूके टेक फोरम’ लाई सम्बोधन गर्दै ढकालले नेपालमा लगानी निम्ति आग्रह गरेका हुन् ।

नेपालमा प्रविधि तथा डिजिटल सेवामा लगानीको सम्भावना औंल्याउँदै अध्यक्ष ढकालले सूचना प्रविधि, ई–गभर्नेन्स, फिनटेक र एजु–टेक लगायतका क्षेत्रमा संयुक्त लगानी, स्टार्टअप एक्सचेन्ज र दीर्घकालीन सहकार्यको लागि आग्रह गरे ।

‘नेपालले लगानीमैत्री वातावरण बनाउन कानुनी सुधारमा विशेष ध्यान दिएको छ । विगत एक वर्षमा ३० भन्दा बढी कानुन संशोधन भइसकेका छन् । जसले व्यवसाय र लगानी प्रक्रिया सजिलो बनाएको छ’, ढकालले भने, ‘लगानीकर्तालाई सहजीकरण गर्न महासङ्घले एफडीआई सपोर्ट डेस्क स्थापना गरेको छ र राष्ट्रिय नागरिक एपमार्फत व्यवसाय दर्ता तथा व्यवस्थापन प्रक्रिया डिजिटल बनाइएको छ ।’

नेपालको डिजिटल पूर्वाधार विकास, अनलाइन प्रणालीको प्रवद्र्धन र विश्वव्यापी प्रतिस्पर्धा गर्न आवश्यक प्राविधिक मापदण्ड तथा पूर्वाधार सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतामा जोड दिँदै अध्यक्ष ढकालले नेपाल सन् २०२६ पछि अति कम विकसित मुलुकबाट (एलडीसी) स्तरोन्नति हुने तयारीमा रहेको सन्दर्भमा डिजिटल व्यापार र सेवाक्षेत्रलाई विश्व बजारसँग प्रतिस्पर्धी बनाइनुपर्ने बताए ।

नेपालको निजी क्षेत्रले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ८० प्रतिशतभन्दा बढी योगदान पुर्‍याएको र रोजगार सिर्जनामा पनि प्रमुख भूमिका खेलेको उल्लेख गर्दै उनले नेपालको निजी क्षेत्र डिजिटल अर्थतन्त्र निर्माणमा नेतृत्व गर्न तयार रहेको बताए ।

‘नेपालको निजी क्षेत्र डिजिटल अर्थतन्त्र निर्माणमा नेतृत्व गर्न तयार रहेको छ । नेपालले लगानी कानुनलाई वातावरण, भूमि, श्रम र कर सम्बन्धी व्यवस्थासँग समन्वय गर्ने प्रयास गरेको छ र आगामी १० वर्षसम्म नीतिगत स्थिरता कायम राख्न माग गर्दै आएको छ, जसले स्वदेशी तथा विदेशी लगानीकर्तालाई विश्वसनीयता प्रदान गर्नेछ’, ढकालले भने ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ३ : ०९ बजे

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३