नयाँ दलले देशमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजे : गोविन्द भट्टराई   « Khabarhub

नयाँ दलले देशमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजे : गोविन्द भट्टराई  


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले नयाँ राजनीतिक दलहरूले देशलाई खत्तमै गरेको भन्दै पुराना दलहरूमाथि गलत आरोप लगाइरहेका बताएका छन् ।

पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवको अवसरमा शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनले नयाँ दलहरूले उक्त गलत भाष्य निर्माण गर्न खोजेको बताए । 

‘नयाँ दलहरूले अहिले समाजमा एउटा भाष्य निर्माण गर्न खोजिरहेको छ । केही भएन, खत्तम गरे, सिध्याए, विकास त आफैँ हुने कुरा हो भनेर,’ केन्द्रीय सदस्य भट्टराईले भने, ‘कहीँ–कहीँ हामीहरू पनि त्यसमा अल्मलिएको जस्तो लाग्छ ।’

जय नेपाल फाउन्डेसन नामक संस्थाले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फाउन्डेसन’ विषयक गोष्ठीमा उनले ०४६ साल अघि र अहिलेको मुलुकको अवस्था चित्रण गरे । 

०४६ सालको परिवर्तनपछि गठन भएको जननिर्वाचित सरकारमा कोइराला प्रधानमन्त्री र वर्तमान सभापति शेरबहादुर देउवा गृहमन्त्री हुँदा २५ जिल्लाका सदरमुकामसम्म जाने बाटोसमेत नरहेको स्मरण गरे । 

‘उहाँहरू शासन सत्तामा हुँदा २५ वटा जिल्लामा पनि मोटर बाटोको सुरुवातसम्म भएको थिएन सदरमुकाम जाने,’ भट्टराईले भने, ‘आज सबै जिल्ला सदरमुकामहरूमा मोटर बाटो पुगिसकेको छ । गाउँ–गाउँमा स्कुल खुले, कलेजहरू खुले ।’

उनले ०४६ को परिवर्तन अघि पञ्चायती शासन व्यवस्था हुँदा नेपालमा एउटा पनि विश्वविद्यालय नभएको पनि गोष्ठीमा बताए ।

 ‘पञ्चायतकालभरी एउटा युनिभर्सिटीको स्थापना भएको थिएन,’ भट्टराईले भने, ‘अहिले २३ वटा युनिभर्सिटीको स्थापना भएको छ  । पढेलेखेका मान्छेहरूको संख्या पनि एकदमै धेरै भएको छ ।’

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ४ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै