मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान | Khabarhub Khabarhub

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना किसानलाई अनुदान रकम उपलब्ध गराएको छ । उत्पादनमा आधारित कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा रकम उपलब्ध गराइएको हो ।

प्रतिकठ्ठा रु एक हजारका दरले किसानलाई अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख करनसिंह बुढा ऐरले बताए । कम्तीमा तीन कठ्ठा र बढीमा एक बिघा चार कठ्ठासम्म जग्गामा मुङखेती गर्ने किसानलाई बैंक खातामार्फत अनुदान रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।

सामूहिक रूपमा खेती गर्ने तीन समूहलाई छ बिघा बढीमा अनुदान रकम दिइएको उनको भनाइ छ । “मुङखेतीको उत्पादनप्रति कठ्ठा एक क्विण्टल छ । यसका लागि रु नौ लाख बजेट सङ्घीय सरकारबाट विनियोजन भई आएकोमध्ये रु आठ लाख ७५ हजार किसानलाई अनुदानमा उपलब्ध गराएका छौँ”, शाखा प्रमुख ऐरले भने, “बाँकी रकम फिर्ता हुने भएको छ ।”

मुङखेती छोटो समय (६०–७० दिन) मा उत्पादन दिनसक्ने बालीका रूपमा रहेको शाखाका कृषि विकास अधिकृत विनयराज जोशीले बताए । “यस बालीबाट कम लागतमा बढी फाइदा लिन सकिन्छ, यसले माटोको उर्वराशक्ति सुधार्ने र आगामी बालीको उत्पादन क्षमता बढाउने भएकाले किसानको आर्थिक र पर्यावरणीय दृष्टिकोणले यो खेती गर्नु उपयुक्त मानिन्छ ।” मुङखेतीले किसानलाई हरित मल, प्रोटिनयुक्त खाद्य र नगद आम्दानी प्रदान गर्ने उनको भनाइ छ ।

शाखाका अधिकृत जोशीका अनुसार मुङमा २५ प्रतिशत प्रोटिन, सजिलै पच्ने गुण र पोषणका अन्य तत्वहरू पाइन्छन् । यसबाट पापड, दालमोठ, तितौरा, स्प्राउट्सलगायत विभिन्न परिकार बनाउन सकिन्छ । हरियो मुङको प्रयोग तरकारी, अचार र सलादका रूपमा प्रयोग गर्न सकिने उनले बताए ।

“मुङखेतीबाट माटोमा नाइट्रोजन थपिन्छ, जसले माटोको उर्वराशक्ति बढाउँदै रसायनिक मलको आवश्यकता घटाउँछ”, उनले भने, “यसले किसानलाई आयआर्जन बढाउने मात्र नभइ पोषण सुरक्षामा योगदान पु¥याउँछ, यी सबै कारणले मुङखेती शुक्लाफाँटा नगरपालिकाका लागि एक उत्कृष्ट र दिगो कृषि विकल्प बन्नसक्ने भएकाले अनुदानको कार्यक्रममा समेटेका छौँ ।”

मुङखेतीका लागि माटोको पिएच मान (तटस्थता) ७६ दशमलव ९२ हुनुपर्ने जनाउँदै जोशीले यहाँको माटोमा उक्त तत्व रहेको बताए । वर्षा र वसन्त ऋतु दुवैमा यसको खेती सम्भव रहेको कृषि प्राविधिकहरूको भनाइ छ । नगर क्षेत्रमा ९२ प्रतिशत किसानमा सिँचाइको पहुँच रहेकाले यसको खेती गर्न समस्या नरहेको कृषि विकास शाखाले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ९ : १४ बजे

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो

मादल बिक्री नभएपछि व्यवसायी निराश

ढोरपाटन– पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च

बिजुली काटिएका उद्योगी भन्छन् – प्रमाण नै नभएको बिलको भुक्तानी किन गर्ने ?

काठमाडौं– डेडिकेटेड फिडर र ट्रंकलाइन मार्फत बिजुली उपभोग गरेबापत अतिरिक्त

प्रधानमन्त्री र दलहरूबीच पहिलो संवादमा को-को सहभागी भए ? (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राजनीतिक दलका नेताहरूसँग छलफल

सयपत्री फूलको माग धान्न धौ–धौ

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा