उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल « Khabarhub

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ अन्तर्गतको उज्बेकिस्तानसँगको खेलमा नेपालले एक गोल फर्काएको छ । खेलको सुरुवातमै दुई गोल खाएको नेपालले २५ औं मिनेटमा एक गोल फर्काएको हो ।

कप्तान सावित्रा भण्डारी (साम्बा)ले गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याएकी छन् ।

यसअघि खेल सुरु भएको दोस्रो मिनेटमा नै उज्बेकिस्तानले गोल गरेको हो । त्यस्तै खेलको ११ औं मिनेटमा उज्बेकिस्तानले दोस्रो गोल थप्यो ।

आजको खेलमा जित हात पार्ने टोली एसिया कप २०२६ का लागि छनोट हुने छ । आजको खेलमा नेपालले श्रीलंकाविरुद्धको अघिल्लो खेलमा मैदान उत्रिएको टोलीमा एक मात्र परिवर्तन गरेको छ। प्रीति राईको स्थानमा मिडफिल्डर पूजा रानालाई अवसर दिइएको छ ।

नेपालको गोलपोस्टको जिम्मेवारी अन्जना रानामगरले सम्हालेकी छिन् । रक्षा पंक्तिमा समीक्षा घिमिरे, गीता राना र निशा थोकर रहेका छन्।

मिडफिल्डमा पूजा रानासँगै रेनुका नगरकोटे, सरस्वती हमाल, सबिता रानामगर र अनिता बस्नेत खेलेका छन् । आक्रमणको अग्रपंक्तिमा भने अनुभवी स्ट्राइकर साबित्रा भण्डारीलाई रश्मी घिसिङले साथ दिएकी छन्।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ९ : ४९ बजे

विश्वकप क्वार्टरफाइनलमा स्पेन र बेल्जियम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं- सन् २०१० मा ट्रफी उचालेपछि विश्वकप मैदानमा खराब प्रदर्शन

रूपान्तरणकारी पठनपाठनको आधारका लागि ‘सञ्चारशील कक्षाकोठा’

काठमाडौं– वरिष्ठ सञ्चारकर्मी डा रघु मैनालीको ‘सञ्चारशील कक्षाकोठा’ पुस्तक सार्वजनिक

गणेशबारे रवि, बालेन र सुनिता चुप, तल्लो तहका वर्गमाथि राज्य सधैँ पूर्वग्राही

काठमाडौं- जेन-जी आन्दोलनअघि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी जस्ता पुराना

भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन

काँक्रेविहार– भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा