उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि « Khabarhub

एएफसी महिला एसियन कप छनोट

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को निर्णायक खेलमा नेपाल पहिलो हाफमा उज्बेकिस्तानसँग ३–१ ले पछि परेको छ।

खेलको सुरुवातमै उज्बेकिस्तानले दबाब बनाएको थियो। दोस्रो मिनेटमै उज्बेकिस्तानले पहिलो गोल गर्दै अग्रता लियो। त्यसपछि ११औं मिनेटमा पुनः एक गोल थप्दै उनीहरूले अग्रता दोब्बर पारे।

दोस्रो गोल टोली कप्तानको प्रयासबाट भएको थियो। उनले बाँया विंगबाट प्रहार गर्दा नेपाली डिफेन्डर समीक्षा घिमिरेलाई लागेर बल पोष्टमा गएको थियो ।

२४औं मिनेटमा नेपालकी कप्तान साबित्रा भण्डारीले एक उत्कृष्ट गोल गर्दै नेपाललाई खेलमा फर्काउने आशा जगाइन्। तर त्यो आशा धेरै समय टिक्न सकेन। ३९औं मिनेटमा उज्बेकिस्तानकी शोएमोभले पेनाल्टीमार्फत गोल गर्दै टिमको अग्रता फेरि दुई गोलले बढाइन्।

यद्यपि पहिलो हाफको अन्त्यमा नेपालका लागि राहतदायक बन्यो । उज्बेकिस्तानकी खेलाडी एन. एर्गासेभाले दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिइन्। यससँगै उज्बेकिस्तान अब दोस्रो हाफ १० खेलाडीमा सिमित हुनेछ।

पहिलो हाफमै नेपालले एक खेलाडी परिवर्तन गरेको छ। डिफेन्डर निशा थोकरको स्थानमा प्रीति राई ३०औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन्।

यो खेलको विजेता टोलीले एएफसी महिला एसियन कप २०२६ मा स्थान बनाउनेछ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : २३ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि