आज २०८२ साल साउन २० गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन २० गते मंगलबारको राशिफल


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २० गते मंगलबार। साउन शुक्ल पक्षको एकादशी तिथि। पुत्रदा एकादशी व्रत। तदनुसार सन् २०२५ अगष्ट ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। रोकिएको काम बन्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारमा बौद्धिक छलफल हुनेछ।

वृष : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीमा फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्नुपर्ने छ। दाम्पत्य जीवन सफल बन्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मिथुन : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिमा आलोचना हुनेछ। परिवारमा संकट आइपर्ने जोखिम छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ। शिक्षामा थप मिहिनेतको खाँचो छ।

कर्कट : दिन सामान्य छ। जग्गाको कारोबारमा घाटा हुनेछ। स्वास्थ्य र शिक्षामा लगानी गरेको भए थप मिहिनेत गर्नुपर्ने छ। राजनीतिमा सहयोगी साथी विपक्षी मोर्चामा पुग्नेछन्।

सिंह : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता भएमा काम बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथीसँगको सहकार्य सफल बन्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

कन्या : व्यवहारिक बोझ बढ्नेछ। विपक्षीसँगको वार्ताले मनमा शान्ति मिल्नेछ। परिवारमा सहमति गरेर अगाडि बढ्नुपर्ने छ। आम्दानीका स्रोतलाई निरन्तरता दिनु उचित हुनेछ।

तुला : दिन राम्रो छ। कला र गलाको प्रदर्शनी गर्नुपर्ने छ। बन्धुसँगको सहकार्यमा तपाईंको जित हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ। राजनीतिमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। साथीभाइसँगको सहकार्यले स्वास्थ्यमा समस्या हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा आइपुगेका छन्। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा रमाइलो गर्ने होडबाजी चल्नेछ। खर्च कटौती गर्ने समय छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्राले समय र सम्पत्ति खर्च हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। समय र सम्पत्ति खर्च हुनेछ। शिक्षामा गरेको श्रमको शोषण हुनेछ। विपक्षीसँग सचेत बन्नुपर्ने समय छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मीन : दिन सामान्य छ। बोलीका कारण आफन्त टाढा पुग्नेछन्। राजनीति र शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ। पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ०४ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको