इंग्ल्यान्डविरुद्ध भारतको नाटकीय जित: रोनाल्डोबाट प्रेरित थिए खेलका नायक सिराज « Khabarhub

इंग्ल्यान्डविरुद्ध भारतको नाटकीय जित: रोनाल्डोबाट प्रेरित थिए खेलका नायक सिराज

इंग्ल्यान्डमाथि ६ रनको जित


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खेलको अन्तिममा भारतले नाटकीय जित हात पारेपछि इंग्ल्यान्डसँगको शृङ्खला २-२ को बराबरीमा सकिएको छ।

पाँचौँ तथा अन्तिम टेस्टको अन्तिम दिन इंग्ल्यान्डलाई जितका लागि ३५ रन आवश्यक थियो। ३५ रन बनाउन उसँग चार विकेट साथमा थियो। भारत जित्ने सम्भावना नदेखिएको सो खेलमा मोहम्मद सिराजले सानदार बलिङ गरे। उनले सोमबार बिहानको तीनसहित पाँच विकेट लिएपछि भारत ६ रनले विजयी भएको हो।

३७४ रनको लक्ष्य पाएको इंग्ल्यान्ड ३६७ रनमा सीमित भएको हो। सोमबार खेलको समाप्ति पछि भएको पत्रकार सम्मेलनमा मोहम्मद सिराजले आफू फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको फ्यान भएको तथा सो जितका लागि रोनाल्डोबाट प्रेरणा मिलेको बताएका छन्।

पत्रकार सम्मेलनमा बताए अनुसार अन्य दिन ८ बजे उठ्ने गरेका सिराजले सोमबार बिहान ६ बजे उठेर मोबाइलको वाल पेपरमा रोनाल्डोको फोटो राखेका थिए। सङ्कटको समयमा पनि टोलीको उद्धार गर्नसक्ने खुबी भएका रोनाल्डोलाई सम्झेर उनले आफू खेलको दिशा परिवर्तन गर्न सक्ने कुरामा विश्वास जुटाएको सिराजले बताए।

यसपछि उनले बलिङ प्रशिक्षक र सिनियर बलर जसप्रित बुमराहसँगै बसेर अन्तिम दिनका लागि बलिङको योजना बुनेका थिए। दुई पारीमा गरी ९ विकेट लिएका सिराज प्लेयर अफ द म्याच भए भने भारतीय कप्तान शुभमन गिल म्यान अफ द सिरिज घोषित भए।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ४६ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर